Kath khabar
एभरेष्ट बैंकको प्रमुख कार्यकारी अधिकृतमा खालिङ

काठमाडौं, असोज ८ । एभरेष्ट बैंकको प्रमुख कार्यकारी अधिकृत (सिईओ) मा सुदेश खालिङ नियुक्त हुनुभएको छ । बैंकिङ क्षेत्रमा झण्डै ३३ बर्षको अनुभव हाँसिल गरेका खालिङ एभरेष्ट बैंकमा पहिलो नेपाली प्रमुख कार्यकारी अधिकृत हुनुहुन्छ ।

एभरेष्टमा भारतको पञ्जाव नेशनल बैंक समेतको २० प्रतिशत शेयर स्वामित्व छ । यसअघि भारतीय मुलुकका नागरिक प्रमुख कार्यकारी रहंदै आउनुभएको थियो । खालिङसँग स्टान्डर्ड चार्टड बैंक, लक्ष्मी बैंकमा आदिमा लामोसमय काम गरेको अनुभव रहेको छ ।  

 

प्रकाशित मिति: शुक्रबार, असोज ८, २०७८  ११:३८
प्रतिक्रिया दिनुहोस्
Weather Update