पुर्व राजारानीको नर्भिकमा उपचार हुुदै, अवस्था सामान्य र स्थिर
काठमाडौं, वैशाख १४ । कोरोना संक्रमित भई नर्भिक इन्टरनेशनल हस्पिटलमा भर्ना हुनुभएका पूर्वराजा ज्ञानेन्द्र वीरविक्रम शाह, पूर्वरानी कोमल राज्यलक्ष्मी शाहलाई अक्सिजनको सपोर्टमा राखेर उपचार जारी राखिएको छ । उहाँहरु शनिवार (वैशाख ११ गते) दिउँसो १ बजे नर्भिक अस्पताल भर्ना हुनुभएको थियो । कोरोनाबाट संक्रमितहरुमा हुनसक्ने श्वासप्रश्वासको समस्या जटिल नबनोस् भन्ने हेतूले पूर्व राजा र रानीलाई अक्सिजनको सपोर्टमा उपचार जारी राखिएको हो ।
उहाँहरुसँगै अस्पताल भर्ना हुनुभएकी पूर्व अधिराजकुमारी प्रेरणा शाहलाई भने अक्सिजनको सपोर्ट दिनु परेको छैन । उहाँहरु तीनैजनाको अवस्था सामान्य र स्थिर रहेको उपचारमा संलग्न चिकित्सकहरुले बताउनुभएको छ । उहाँहरु तीनैजनामा केही दिनअघि कोरोना संक्रमण पुष्टि भएको थियो ।
प्रकाशित मिति: मंगलबार, वैशाख १४, २०७८ १७:३४
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय