काठमाडौं, असोज ८। सानिमा बैंकले बिराटनगरको कञ्चनबारीमा पनि शाखा खोलेको छ। बैकका अनुसार उक्त शाखाको समुद्घाटन कोरोना भाइरसको संक्रमणलाई ध्यानमा राख्दै सुरक्षा सावधानीका उपायहरु अपनाई ब्रान्ड प्रवद्र्धक वरिष्ठ कलाकारद्वय मदन कृष्ण श्रेष्ठ र हरिवंश आचार्य (मह जोडी) ले संयुक्तरुपमा गर्नुभएको हो ।
समुद्घाटन् समारोहमा मह जोडीले विराटनगरको कञ्चनबारीमा सानिमा बैंकको शाखा संचालनमा आएकोमा बैंकलाई बधाई ज्ञापन गर्नुहुदैं सबल अनि विश्वसनीय बैंककोरुपमा निरन्तर विस्तार हुन र थप सफलताको लागि शुभकामना व्यक्त गर्नुभयो ।
त्यसैगरी सानिमा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत निश्चल राज पाण्डेद्वारा बैंकका ग्राहक तथा सरोकारवालाहरुलाई निरन्तर सहयोग तथा संरक्षणका लागि कृतज्ञता व्यक्त गर्नुभयो । सानिमा बैंकको देशका सातै प्रदेशमा १०६ कार्यालय र ९६ वटा ए.टि.एम. संचालनमा रहेकाछन् ।