Kath khabar
कामना सेवाको के.एस डिजी डिजिटल वालेट सेवा सञ्चालनमा

काठमाडौं, असोज ८ । कामना सेवा विकास बैंकले ग्राहकहरुको हितलाई मध्यनजर गर्दै छिटो कनेक्ट र मनम इन्फोटेकको सहकार्यमा के.एस. डिजी (डिजिटल वालेट) सेवा डेभलमेन्ट बैंकहरुमा नै पहिलो पटक सञ्चालनमा ल्याएको छ । 

यस सेवाको प्रयोग गरी बैंकमा खाता नभएकाहरुले पनि घरमै बसी झन्झटरहित तवरले मात्र केहि कागजातहरु अपलोड गरी के.एस डिजी डिजिटल वालेट खोल्न सक्नुहुनेछ । हिजो एक कार्यक्रमका बिच बैंकका प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतले उक्त वालेट सेवाको सुभारम्भ गर्नुभएको हो । यस डिजिटल वालेट खोल्न एपमा अनुहार पहिचान गर्न सक्ने आर्टिफिसियल इन्टिलिजेन्स (एआई) को प्रयोग भएको छ ।  साथै, एकाउन्ट ओपनिङ लोन एप्लीकेशन, इन्टर अपरेवल क्युआर एम क्यास लगायतका बैकिङ सेवा तथा सुविधाहरु रहेका छन् ।

काठमाडौं –३०, ज्ञानेश्वरमा केन्द्रीय कार्यालय रहेको बैंकले देशका विभिन्न भागहरुमा १२९ वटा शाखा, १ वटा ऐक्सटेन्सन काउन्टर तथा ७६ वटा एटिएम मार्फत ग्राहकहरुलाई आफनो सेवा तथा सुविधाहरु प्रदान गर्दै आएको छ । साथै बैकंले आफूलाई डिजिटल बैंकिङ सेवाहरुमा अब्वल बैंकको रुपमा स्थापित गर्ने उदेश्य रहेको छ ।

 

प्रकाशित मिति: शुक्रबार, असोज ८, २०७८  १५:४१
प्रतिक्रिया दिनुहोस्
Weather Update