Kath khabar
नेपाल राष्ट्र बैंकले शनिबार पनि आरजिटिएस सञ्चालन गर्ने

काठमाडौँ, असोज ८। नेपाल राष्ट्र बैंकले शनिबार पनि रियल टाइम ग्रस सेटलमेन्ट सिष्टम(आरजिटिएस) सञ्चालनमा रहने जनाएको छ ।

केन्द्रीय बैंकले आज एक सूचनामार्फत शनिबार ‘विकास ऋणपत्र २०८० क’ को ब्याज भुक्तानीका लागि सो प्रणाली सञ्चालनमा रहने जनाएको छ । केन्द्रीय बैंकले शनिबार बिहान १० बजेदेखि मध्यान्न १२ बजेसम्म खुला रहने सूचनामार्फत जानकारी गराएको छ ।

प्रकाशित मिति: शुक्रबार, असोज ८, २०७८  २१:३१
प्रतिक्रिया दिनुहोस्
Weather Update