काठमाडौंं, असोज ९ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा नेपालमा थप नौ सय ५३ जनामा कोरोना भाईरस (कोभिड १९) को संक्रमण पुष्टि भएको छ । मन्त्रालयका अनुुसार देशभरका प्रयोगशालाहरुबाट कुुल १० हजार पाँच सय ७९ जनाको परिक्षण गर्दा उक्त संख्यामा संक्रमण पुष्टि भएको हो । यो समेत गरी नेपालमा सक्रिय संक्रमितहरुको कुुल संख्या १९ हजार सात सय पुुगेको छ ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा नेपालमा कोभिड १९ को संक्रमणबाट थप छ जनाको मृत्युु भएको छ । यो समेत गरी नेपालमा कोभिड १९ को संक्रमणबाट मृत्यु हुनेहरुको कुल संख्या ११ हजार ८७ पुगेको छ । पछिल्लो २४ घण्टामा कोभिड १९ को संक्रमणबाट मुक्त हुनेहरुको संख्या भने एक हजार तीन सय ७१ पुुगेको मन्त्रालयले जानकारी दिएको छ ।
यसैबिच काठमाडौं उपत्यकामा भने पछिल्लो २४ घण्टामा तीन सय ११ जना संक्रमितहरु थपिएकाछन् । सो मध्ये काठमाडौं जिल्लामा एक सय ९८ जना, ललितपुर जिल्लामा ७३ जना र भक्तपुर जिल्लामा ४० जना संक्रमितहरु थपिएका हुुन् ।