Kath khabar
इजरायल रोजगारीको नतिजा प्रकाशन, १६०० छानिए (नतिजा हेर्नुहोस्)

काठमाडौँ , असोज १० ।  वैदेशिक रोजगार विभागले इजरायलमा केयर गिभरमा जान भाषा परीक्षा पास गरेकाहरु मध्येबाट एक हजार छ सय  जना अर्को चरणको लागि छनौट गरेको छ।  विभागले असोज ४ गतेदेखि ९ गतेसम्म लिएको अन्तर्वार्ताबाट एक हजार छ सय  जना छनोट गरेको हो । सो सँगै विभागले  नेपाल स्थित इजरायली दूतावासलाई छनौट नामावली समेत बुझाएको छ ।

इजरायल जान ४ हजार २ सय महिला र पाँच हजार चार सय  सय ९९ पुरुष गरी नौ हजार छ सय  ९९ नेपालीले आवेदन दिनु भएको थियो  । जस मध्ये छ हजार तीनज सय ९७ जना लिखित परीक्षामा सहभागी भएकोमा एक हजार तीन सय ९५ जना महिला र छ  सय ४४ पुरुष गरि कुल २ हजार ३९ जनाले अंग्रेजी भाषा परीक्षा पास गर्नु भएको थियो ।


तिनैमध्ये अन्तर्वार्ताको लागि १८ सय ३ जना सहभागी हुनु भएको थियो  । अन्तर्वार्ताबाट ११ सय २० जना महिला र ४८० जना पुरुष गरि १६ सय जना सिफारिस हुनु भएको छ । अब सिफारिसमा परेका १६ सयलाई इजरायल सरकारले कम्प्युटर प्रणालीमार्फत ७० प्रतिशत महिला र ३० प्रतिशत पुरुष छनोट गर्नेछ ।

इजरायलमा आर्कषक कमाई हुने कारण नेपाली युवाहरु आर्कषित भएको पाईन्छ। इजरायल जानका लागि अनुमानित एक लाख ६५ हजार ७ सय लाग्ने अनुमान छ भने मासिक करिव एक लाख ९० हजार प्राप्त हुनेछ । इजरायल रोजगारमा जानेहरुले एक वर्षको करार अवधिको लागि जाने भएपनि ५ वर्षसम्म भिसा थप गरेर काम गर्न सक्छन् ।

नेपाल सरकार र इजरायल सरकारबीच २०७६ असोज १४ गते सम्पन्न श्रम सम्झौताअनुसार इजरायलका दीर्घकालीन केयरगिभरका लागि नेपाली सहायक कामदार पठाउन लागेको हो ।

 

 

 

 

 

प्रकाशित मिति: आइतबार, असोज १०, २०७८  ०९:१४
प्रतिक्रिया दिनुहोस्
Weather Update