स्पैन, वैशाख १५ । युएफा च्याम्पियन्स लिग अन्तगर्त गएराती भएको सेमीफाइनलको पहिलो लेगमा रियाल मड्रिड र चेल्सी एक एक गोलको बराबरीमा रोकिएका छन् ।
गएराती रियालको घरेलु मैदान अल्फ्रेदो दि स्तेफानोमा भएको खेलको पहिलो हाफमै दुवै गोल भएका हुन् । टिमो वर्नरले खेलको सुरुवातमै पाहुना टोली चेल्सीलाई अग्रता दिलाउन चुके । उनले करिब ६ यार्ड टाँढाबाट गरेको प्रहार थिबाउट कोट्वा सहज बचाउ गरे । १४ औँ मिनेटमा क्रिष्ट्यान पुलिसिचले गोल गरि चेल्सीको खाता खोले । यो गोलपछि च्याम्पियन्स लिगको सेमी फाइनलमा गोल गर्ने पुलिसिच पहिलो अमेरिकी खेलाडी बनेका छन् । २९ औ मिनेटमा करिम बेञ्जेमाले बराबरी गोल फर्काए । मार्सेलोले प्रहार गरेको फ्रिकिकमा कासमिरोले हेडर क्रस गरे । सो बलमा एडर मिल्टाओले दिएको हेडर पासलाई बेञ्जेमा सुन्दर भली गोलमा परिणत गरे । यो गोलसँगै बेञ्जेमा चौथो सर्वाधिक गोलकर्ता बनेका छन् । उनको ७१ औँ गोल हो । दोस्रो हाफमा चेल्सीले अग्रता बनाउने थप मौका पाएनि सदुपयोग गर्न भने चुकेको थियो । यद्यपी चेल्सीले अवे खेलमा महत्वपुर्ण गोल गरेपछि प्रशिक्षक थोमस टुखलले सन्तुष्ट व्यक्त गरे । टुखलले रियाल मड्रिडसँग कुनै पनि युरोपेली प्रतियोगितामा हारको सामना गरेका छैनन् । यता रियालले भने यस अघि चेल्सीसँग दुइ हार र दुइ बराबरी खेलेको थियो । आज दोस्रो सेमीफाइनलको पहिलो लेगमा फ्रान्सेली च्याम्पियन पेरिस सेन्ट जर्मेन पिएसजी र इंग्लीस क्लब म्यान्चेष्टर सिटी भिड्दैछन् । खेल नेपाली समय अनुसार रातीको पौने एक बजे इस्तान्बुलमा हुनेछ ।