Kath khabar
आइपिएलः बैग्लोरको देल्लीमाथि एक रनको रोमाञ्चक जित

एम्दावाद, वैशाख १५ । इन्डियन प्रिमियर लिग आइपिएलमा रोयल च्यालेन्जर्स बैंग्लोरले देल्ली क्यापिटलसमाथि एक रनको रोमाञ्चक जित हात पारेको छ । जित पछि बैंग्लोर पुन शीर्ष स्थानमा उक्लिएको छ ।

गएराती एम्दावाद स्थित नरेन्द्र मोदी रंगशालामा भएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको बैंग्लोरले निर्धारित २० ओभरमा पाँच विकेट गुमाइ एक सय ७१ रनको बलियो योगफल बनाएको थियो । कप्तान तथा ओपनर विराट कोहली र देवदत्त पाडिकल सुरुवाती दुइ बलको अन्तरालमा सस्तैमा आउट भए । रजत पाटिदरले ३१ र र ग्लेन म्याक्सवेलले २५ रन बनाउँदै बैंग्लोरको पारीलाई सम्हालेका थिए । त्यसपछि आएका एभी डिभिलीयर्सले आक्रमक पारी खेल्दै ७५ रन बनाए । उनले ४२ बलमा तीन छक्का र पाँच चौका प्रहार गर्दै बैंग्लोरको बलियो योगफल खडा गरेका हुन् । जवाफमा एक सय ७२ रनको लक्ष्य पछाएको देल्लीलागि मध्यक्रमका ब्याट्सम्यानले उत्कृष्ट प्रदर्शन गरेपनि निर्धारित २० ओभरमा चार विकेट गुमाएर एक सय ७० रनमा समेटियो । इंनिङ्स ब्रेकमा हुरी चलेका कारण २० मिनेट पछि सुुरुभएको देल्लीको ब्याटिङले गतिलो सुरुवात लिन सकेन । कप्तान रिसब पन्तले ५८ र सिम्रोन हेटमयरले ५३ रनको पारी खेलेपनि देल्लीले पराजय ब्येहोर्यो । अन्तिम बलमा ६ रन चाहिएको अवस्थामा रिसव पन्तले मात्र चार रन बनाएपछि देल्ली जित नजिक पुगेर फर्किएको थियो । हेटमायरले २५ बलमा दुइ छक्का र चार चौका प्रहार गरेका थिए। हर्सल  पटेलले दुइ विकेट लिए  । यो जित पछि १० अंक बटुलेको बैंग्लोर शीर्ष स्थानमा उक्लेको छ । बैंग्लोरले ६ खेलमा मात्र एक खेलमा पराजय ब्येहोरेको  छ । 

प्रकाशित मिति: बुधबार, वैशाख १५, २०७८  ०८:४९
प्रतिक्रिया दिनुहोस्
Weather Update