Kath khabar
दाङको लमहीमा मेगा बैंकको नयाँ शाखा 

काठमाडौं, असोज १० । मेगा बैंक नेपाल लिमिटेडले आइतबार दाङ जिल्लाको लमहीमा नयाँ शाखा विस्तार गरेको छ । लुम्बिनी प्रदेश अन्तर्गत दाङ जिल्लाको लमही नगरपालिका वडा नम्बर ५ मा बैंकले नयाँ शाखा विस्तार गरेको हो । योसंगै बैंकको शाखा संख्या २०० पुगेको छ । 

यसै आर्थिक बर्षमा बैंकले १३ वटा नयाँ शाखाहरु विस्तार गरिसकेको छ । निकट भविष्यमै थप ३ वटा शाखा विस्तार गर्ने मेगा बैंकको तयारी छ । 
 

प्रकाशित मिति: आइतबार, असोज १०, २०७८  १३:००
प्रतिक्रिया दिनुहोस्
Weather Update