Kath Khabar
नेपालमा थप ८३४ जनामा कोभिड १९ को संक्रमण पुष्टि

काठमाडौं, असोज १० । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा नेपालमा थप आठ सय ३४ जनामा कोरोना भाईरस (कोभिड १९) को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालाहरुबाट कुल १३ हजार सात सय ३६ वटा नमुनाको परिक्षण गर्दा उक्त संख्यामा संक्रमण पुष्टि भएको हो ।  

मन्त्रालका अनुसार पछिल्लो २४ घण्टामा कोभिड १९ को संक्रमणबाट ज्यान गुमाउनेहरुको संख्या भने नौ जना रहेको छ । यो समेत गरी नेपालमा हालसम्म कोभिड १९ संक्रमणका कारण मृत्यु हुनेको संख्या ११ हजार ९६ पुगेको छ । यसैगरी पछिल्लो २४ घण्टामा नेपालमा थप एक हजार दुई सय ७९ जना संक्रमणमुक्त भएका छन् । हाल देशभर कोरोनाका सक्रिय संक्रमितको संख्या १९ हजार एक सय ४२ रहेको छ ।

काठमाडौं उपत्यकामा भने पछिल्लो २४ घण्टामा दुई सय ७९ जनामा कोभिड १९ को संक्रमण पुष्टि भएको छ । सो मध्ये काठमाडौं जिल्लामा दुई सय ३२, ललितपुर जिल्लाामा २४ र भक्तपुर जिल्लामा २३ जना संक्रमितहरु थपिएको मन्त्रालयले जानकारी दिएको छ । यो समेत गरी काठमाडौंं उपत्यकामा कोरोनाका सक्रिय संक्रमितको संख्या चार हजार पाँच सय ५८ पुगेको छ ।  

 

प्रकाशित मिति: आइतबार, असोज १०, २०७८  १६:४९
प्रतिक्रिया दिनुहोस्
Weather Update