अभ्यास खेलमा नेपाल ओमानसँग पराजित
काठमाडौँ, असोज ११ । साफ च्याम्पियनसिपको तयारीमा रहेको नेपालले आइतबार अभ्यास खेलमा ओमानसँग ७–२ को हार बेहोरेको छ । पहिलो हाफमा २–१ ले पछाडि रहेको नेपालले त्यसपछि पाँच गोल खाएको थियो ।
कतारको दोहामा भएको खेलमा नेपालले बलियो खेल खेल्न नसक्दा ओमान एक पक्षीय रुपमा हाबी भयो । नेपालका लागि आयुष घलान र अनन्त तामाङले एक गोल गरे । ओमान फिफा वरीयताको ९०औं स्थानमा रहेको बलियो टिम हो ।
पहिलो हाफमा कम अनुभवी खेलाडीलाई उतारेको ओमानले दोस्रो हाफमा भने अधिकांश पहिलो रोजाइका खेलाडीलाई खेलाएको थियो । सो सँगै नेपाल थप दबाबमा परेको थियो । ओमानका लागि अब्दुल्लाजिज अल मुक्बालीले दुई गोल गरे ।
अब नेपाली टिम सोमबार माल्दिभ्सको माले पुग्ने छ ।
प्रकाशित मिति: सोमबार, असोज ११, २०७८ ०७:४६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय