Kath Khabar
धरानमा २ दिन भेरोसेल खोप लगाइने

सुनसरी, असोज ११ । धरानमा असोज ११ र १२ गते (सोमबार , मंगलबार) कोरोना विरुद्धको पहिलो मात्रा चिनियाँ भेरोसेल खोप लगाइने भएको छ । धरान उपमहानगरपालिकाको स्वास्थ्य महाशाखाका अनुसार भेरोसेल खोपको पहिलो मात्रा ४५ वर्ष देखि माथिकालाई लगाइने भएको हो ।

स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहताले असोज ११ गते वडा नं .१ धरान स्वास्थ्य चौकी छाताचौक, वडा नं. २ सिंहदेवि मन्दिर, वडा नं.३ भानु स्मृति मावि, वडा नं. ४ पुरानो ४ नम्बर वडा कार्यालय, वडा नं. ५ पाँचकन्या स्वास्थ्य चौकी, वडा नं। ६ रेडक्रस भवन पानवारी, वडा नं. ७ सिद्धि नेवा परिषद भवन, वडा नं. ८ वडा कार्यालय, वडा नं.९ समिट स्कुल, वडा नं.१० किरात राई यायोख्खा भवनमा भेरोसेल खोप लगाइने जनस्वास्थ्य अधिकृत उमेश मेहत्ताले बताउनु भयो ।

अधिकृत मेहत्तका अनुसार असोज १२ गते वडा नं.११ आधारभूत स्वास्थ्य सेवा केन्द्र, वडा नं. १२ धरान स्वास्थ्य चौकी छाताचौक, वडा नं.१३ आधारभूत स्वास्थ्य सेवा केन्द्र, वडा नं.१४ दन्तकाली मावि विजयपुर, वडा नं.१५ पूर्वाञ्चल ज्ञानचक्षु विद्यालय, वडा नं.१६ शारदा बालिका मावि, वडा नं.१७ पञ्चकन्या मावि रेल्वे, वडा नं. १८ वडा कार्यालय, वडा नं. १९ वडा कार्यालय, वडा नं.२० विष्णुपादुका स्वास्थ्य चौकीमा भेरोसेल खोप लगाइने छ । सर्वसाधारणले खोप लगाउन आउँदा आफ्नो परिचय खुल्ने परिचयपत्र लिएर आउनु पर्ने हुनेछ ।

 

प्रकाशित मिति: सोमबार, असोज ११, २०७८  ०९:२९
प्रतिक्रिया दिनुहोस्
Weather Update