काठमाडौं, असोज ११ । पछिल्लो समय निकै लोकप्रिय हुदै गएको ‘मुना बजार’ ले आफनो चौथो शाखा विस्तार गरेको छ । उसले महालक्ष्मी नगरपालिका इमाडोलमा आफनो चौथो शाखा स्थापना गरेको हो । ललितपुर महालक्ष्मी नगर पालिकाका मेयर रामेश्वर श्रेष्ठ र पूर्व प्रदेश कृषि मन्त्री दावा दोर्जे लामाले ‘मुना बजार’ को इमाडोलमा रहेको चौथो शाखको संयुक्त शुभराम्भ गर्नु भयो ।
मेयर श्रेष्ठले मुना बजार आफनो नगरपालिकामा आउदा आफूहरु अत्यन्तै खुशी भएको बताउनु भयो । शुद्ध र विषादी रहित उत्पादित साामग्री र दैनिक उपभोग्य सामग्री मुना बजारमा पाउने हुदाँ इमाडोल क्षेत्रमा रहेका नागरिकलाई सामग्री खरिद गर्न सहज हुने उहाँले बताउनु भयो। ‘ बजार विस्तारकरणले स्वदेशी उत्पादनमा टेवा पुग्छ। युवा जनशक्तिले रोजगारी पाउनु हुन्छ,’ उहाँले भन्नुभयो,‘ त्यसैले गर्दा व्यवसाय फस्टाउनु भनेको मुलुकको अर्थतन्त्रमा योगदान पु¥याउनु हो। आर्थिक क्रियाकलाप बढ्नु हो।’
मन्त्री दोर्जेले मुना बजार जस्तो सपिङ सेन्टरले आधुनिकीकरणमा सहज पुग्ने बताउनु भयो। हामी व्यस्त हुन थालेको छौं यसको मतलब आधुनिक बन्दै छौं त्यसैले गर्दा छोटो समयमा धेरै सामग्री लिनु पर्छ त्यसको लागि मुना बजारजस्ता केन्द्रमार्फत् सम्भव छ उहाँले भन्नुभयो।
बजारका अध्यक्ष युवराज गुरुङले एनआरएनका मित्रहरुको सल्लाह, सुझाव र उत्प्रेरणा सहितको सानो प्रयासले यहाँसम्म आउन सफल भएको बताउनु भयो । नाफामुलक भन्दा पनि सेवा गर्न तथा कृषकले उचित मूल्य पाउनु र उपभोक्ताले पनि उचित मुल्यमा सामग्री खरिद गर्न सकुन भनेर मुना बजार सञ्चालन गरिएको उहाँले भन्नु भयो ।
मुना बजारमा सुदुर पूर्व इलामको अकबरे देखि कर्णालकिो दाल, गेडागुडी, ताजा तरकारी, फलफूल र रैथाने अन्य भेगका उत्पादनहरु पाईन्छ । यस्तै झरुवाराशीको ट्राउट माछा, सल्यानको चरुवा खसीको मासु, चरिकोटको कालिज, रोशी खोलको चरुवा लुइँचे कुखुरा लगायतका विभिन्न स्थानका मासुजन्य पदार्थ पाईन्छ। दुग्ध पर्दाथ, पेय पदार्थ, औषधिय गुण भएका जटिबुटिहरु, सुख्खा तथा विविध पोषणयुक्त बियाँहरु, मह तथा विभिन्न अचार समेत पाईन्छ । ७० भन्दा बढी जिल्लाका सामग्रीहरु मुना बजारमा उपलब्ध रहेको छ।
लामो समयदेखि ‘किसानबाट सिघै उपभोक्ताको भान्सा सम्म’ भन्ने मूल मन्त्र र अभिप्रायले सुरुवात गरिएको शुद्ध र विषादी रहित कृषि उपज र खाद्यन्नको बजारीकराण गर्दै आएको छ।
यसअघि मुना बजारको बिक्री केन्द्र लतिलपुरको भैंसीपाटी र सानेपा, गल्फूटारमा सञ्चालनमा आइसकेको छ।