Kath Khabar
नेपालमा थप १२८२ जनामा कोभिड १९ को संक्रमण पुष्टि

काठमाडौंं, असोज ११ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा पछिल्लो २४ घण्टामा थप एक हजार दुई सय ८२ जनामा कोरोना  भाईरस (कोभिड १९) को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालाहरुबाट कुल १५ हजार चार सय ८८ वटा नमूनाको परीक्षण गर्दा उक्त संख्यामा संक्रमण पुष्टि भएको हो मन्त्रालयले जानकारी दिएको छ ।

यसैगरी पछिल्लो २४ घण्टामा कोभिड १९ को संक्रमणबाट थप सात जनाको मृत्यु भएको छ । यो समेत गरी नेपालमा कोभिड संक्रमणका कारण मृत्यु हुनेहरुको संख्या ११ हजार एक सय तीन पुगेको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप एक हजार दुई सय ६२ जना संक्रमणमुक्त भएका छन् । यो समेत गरी नेपालमा सक्रिय संक्रमितको संख्या १८ हजार आठ सय ४८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।  

मन्त्रालयका अनुसार काठमाडौं उपत्यकामा भने पछिल्लो २४ घण्टामा थप तीन सय ९४ जना संक्रमित भएकाछन् । जसमध्ये काठमाडौं जिल्लामा दुई सय ८५, ललितपुर जिल्लामा ६६ र भक्तपुर जिल्लामा ४३ जनामा संक्रमण पुष्टि भएको छ । यो समेत काठमाडौंं उपत्यकामा सक्रिय संक्रमितहरुको कुल संख्या चार हजार पाँच सय २२ पुगेको छ ।

 

प्रकाशित मिति: सोमबार, असोज ११, २०७८  १६:४०
प्रतिक्रिया दिनुहोस्
Weather Update