बेलायती युद्धपोतलाई लिएर चीन आक्रोशित
काठमाडौं, असोज १२ । ताइवानको खाडी हुँदै एक बेलायती युद्धपोत गए सँगै चीन आक्रोशित भएको छ । चीनले ताइवान टापुलाई आफनो हिस्सा मान्दै आएको कारणले गर्दा बेलायीत युद्धपोत ताइवान खाडी हुदै गए पछि चीन बेलायतसँग आक्रोशित भएको हो।
बीबीसीका अनुसार चीनले यसलाई बेलायतको ‘खराब नियत’को आरोप लगाएको छ। बेलायती युद्धपोत एचएमएस रिचमन्ड, इन्डो–प्यासिफिक क्षेत्रमा तैनाथ एक विमानवाहक स्ट्राइक समूहको एक अंश हो।
उक्त जहाजको ट्विटर अकाउन्टमा भने यो भियतनामतर्फ जाँदै गरेको बताइएको छ। कामको सिलसिलामा ताइवान हुदै भियतनामा तर्फ लागेको बेलायती युद्धपोत अधिकारीको भनाई छ। उहाँहरुले युद्धपोत व्यस्त रहेको समेत बताउनु भएको छ।
प्रकाशित मिति: मंगलबार, असोज १२, २०७८ ०८:४४
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय