Kath Khabar
नेपालमा थप ११५८ जनामा कोभिड १९ को संक्रमण पुष्टि


काठमाडौं, असोज १२ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा पछिल्लो २४ घण्टामा थप एक हजार एक सय ५८ जनामा कोरोना  भाईरस (कोभिड १९) को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालाहरुबाट कुल १४ हजार तीन वटा नमूनाको परीक्षण गर्दा उक्त संख्यामा संक्रमण पुष्टि भएको हो मन्त्रालयले जानकारी दिएको छ ।

यसैगरी पछिल्लो २४ घण्टामा कोभिड १९ को संक्रमणबाट थप १२ जनाको मृत्यु भएको छ । यो समेत गरी नेपालमा कोभिड संक्रमणका कारण मृत्यु हुनेहरुको संख्या ११ हजार एक सय १५ पुगेको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप एक हजार तीन सय १८ जना संक्रमणमुक्त भएका छन् । यो समेत गरी नेपालमा सक्रिय संक्रमितको संख्या १८ हजार चार सय २२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।  

 

प्रकाशित मिति: मंगलबार, असोज १२, २०७८  १६:५३
प्रतिक्रिया दिनुहोस्
Weather Update