Kath khabar
बेलायतमा पेट्रोल संकट कम गर्न सेना परिचालन

लण्डन, असोज १३ । बेलायतमा पेट्रोल संकट कम गर्न सेना परिचालन गरिएको छ।  चार दिनदेखि जारी पेट्रोल संकट कम गर्न सेनाले सहयोग गरोस् भन्ने उद्देश्यका साथ परिचालन गरिएको बताएको छ । अन्तराष्ट्रिय सञ्चार माध्यमका अनुसार तत्कालिन आपूर्तिको लागि सेनाले करिब १५० सैन्य ट्यांकर चालक उपलब्ध गराउने भएको छ । पेट्रोल अभाव कै कारण कतिपय पेट्रोल पम्प बन्द गरिएको समेत सञ्चारमाध्यमले बताएका छन् ।

बेलायतमा पछिल्लो समय करिब १ लाखभन्दा बढी लरी (ट्रक) चालक अभाव भएको छ। ट्रक चालकको अभावमा बेलायतमा चरम पेट्रोल संकट निम्तिएको बताइएको छ। पेट्रोल पाउने आशामा सर्वसाधारणको भीड भने बढेको पाईन्छ ।

मानिसले पेट्रोलियम पदार्थको कृत्रिम अभाव गराएको बताइएको छ। बेलायतमा पेट्रोलियम पदार्थको मूल्य वृद्धि पनि आठ वर्ष यताकै उच्च मानिएको छ।एजेन्सी

प्रकाशित मिति: बुधबार, असोज १३, २०७८  ०७:२७
प्रतिक्रिया दिनुहोस्
Weather Update