उपचारका लागि बैंकक उड्नु भयो माओवादी नेता वर्षमान पुन
काठमाडौं, असोज १३ । नेकपा माओवादी केन्द्रका नेता तथा पूर्वमन्त्री वर्षमान पुन थप उपचारका लागि थाइल्यान्डको बैंकक जानु भएको छ । बुधवार बिहान हिमालय एअरलायन्सको विमानमार्फत उहाँ त्यसतर्फ उडेको पुनको सचिवालयले जनाएको छ।
नेपालमा उपचार गरिरहनु भएको पुन यसअघि उपचार गर्दै आउनु भएको समितिभेज अस्पतालमा उपचार गराउनु हुने छ। पुनसँगै उहाँकी श्रीमती पूर्व सभामुख ओनसरी घर्ती पनि बैंकक जानु भएको छ । जन्डिसका कारण पुन लामो समयदेखि अस्वस्थ रहँदै आउनु भएको थियो ।
चार वर्षअघि पनि उहाँलाई कमलपित्तकै समस्याका कारण समितिभेजमा उपचार गराइएको थियो। त्यसअघि उहाँको सोही रोगको उपचार भारतको मेदान्त अस्पतालमा गरिएको थियो।
प्रकाशित मिति: बुधबार, असोज १३, २०७८ ०९:०७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय