पिएसजीका जितमा मेस्सीको पहिलो गोल
काठमाडौं, असोज १३ । च्याम्पियन्स लिग अन्तर्गत फ्रेन्च लिग वान क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) ले म्यानचेस्टर सिटीलाई २–० गोलले हराएको छ। सो खेलमा
लियोनल मेस्सीले पिएसजीका लागि पहिलो गोल गर्नुभएको छ ।
मंगलबार राति भएको खेलमा बार्सिलोनाबाट पिएसजी आउनु भएका मेस्सीले गोल गर्दै आफनो टोलीलाई जित दिलाउनु भएको थियो ।
पिएसजीका लागि आठौँ मिनेटमा इद्रिसा गुआइ र ७४ औँ मिनेटमा मेस्सीले गोल गर्नु भयो । केलिएन एमबाप्पेको पासमा मेस्सीले गोल गर्न भएको हो ।
समूह चरणको पहिलो खेलमा बराबरीमा रोकिएको पिएसजीले दोस्रो खेलमा जित निकाल्दै चार अंक बनाएको छ। सिरी तीन अंकसहित तेस्रो स्थानमा छ । आरबी लेइप्जिगलाई २–१ ले पराजित गरेको क्लब बर्ग चार अंकसहित दोस्रो स्थानमा छ ।
प्रकाशित मिति: बुधबार, असोज १३, २०७८ ०९:०८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय