लिभरपुल विजयी
काठमाडौं, असोज १३ । च्याम्पियन्स लिग फुटबलमा लिभरपुलले लगातार दोस्रो जित दर्ता गरेको छ । मंगलबार राति अवे मैदानमा भएको खेलमा समूह बी मा रहेको लिभरपुलले एफसी पोर्टोलाई ५–१ ले पराजित गरेको हो ।
लिभरपुलको जितमा मोहम्मद सालहले १८ र ६० औँ मिनेटमा गोल गर्नुभयो । ४५ औँ मिनेटमा साडिओ मानेले गोल गर्नु भयो ।
रोबर्टो फिरमिनोले ७७ र ८१ औँ मिनेटमा गोल गर्नु भयो । पोर्टोका लागि तारेमीले ७४ औँ मिनेटमा एक गोल गर्नु भयो ।
समूह बी अन्तर्गत नै भएको अर्को खेलमा एथ्लेटिको मड्रिडले एसी मिलानलाई २–१ ले पराजित गरेको छ ।
लिभरपुल ६ अंकसहित समूहको शीर्ष स्थानमा छ भने चार अंकसहित एथ्लेटिको मड्रिड दोस्रो स्थानमा छ ।
प्रकाशित मिति: बुधबार, असोज १३, २०७८ ०९:१७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय