काठमाडौं, असोज १३ । उत्तर कोरियाले हाइपरसोनिक मिसाइल परीक्षण गरेको दाबी गरेको छ। ह्वाङसङ– ८ नामक उक्त मिसाइल मंगलवार परीक्षण गरिएको बताएको छ।
कोरियाली सरकारी समाचार संस्था केसिएनएले यो मिसाइल पञ्चवर्षीय योजनामा रहेको पाँच महत्वपूर्ण हतियारमध्ये एक रहेको बताएको छ। कोरियाले यसलाई सामरिक हतियारका रुपमा लिएको बताइएको छ ।
पछिल्लो मिसाइल तीव्र गतिको र चुस्त खालको भएको बताइएको छ। उत्तरले यसअघि पनि पटकपटक मिसाइल प्रहार गर्दै आएको छ। कोरियाको हतियार परीक्षणलाई लिएर अमेरिकी र पश्चिमी राष्ट्रहरुले आपत्ति जनाउदै आएको पाईन्छ।
यसैबीच कोरियाले आफुहरुको परमाणु हतियार परीक्षणमा कसैले रोक लगाउन नसक्ने बताँउदै आएको छ। कोरियाले आत्मारक्षाका लागि परमाणु हतियार परीक्षणमा आफुहरुको हक रहेको भन्दै त्यसमा कसैले रोक लगाउन नसक्ने बताँउने गरेको छ । एजेन्सी