Kath khabar
अर्थमन्त्री शर्माद्धारा कोरोना बीमा भुक्तानीको लागि छलफल शुरु

काठमाडौं, असोज १३ । विभिन्न बीमा कम्पनीहरुले भुक्तानी गर्न बाँकी कोरोना बीमाको सम्बन्धमा अर्थमन्त्री जनार्दन शर्माले छलफल थाल्नु भएको छ ।

बुधवार मन्त्री शर्माले बीमा समितिका अध्यक्ष सूर्य प्रसाद सिलवालसहितका पदाधिकारीहरुलाई बोलाएर कोरोना बीमा भुक्तानीको लागि आवश्यक पर्ने स्रोत साधन र उपायका विषयमा छलफल भर्नुभएको हो ।

यस विषयमा थप अध्ययन गरी आवश्यक प्रक्रिया अघि बढाउने गरी तयारी थाल्न समितिलाई निर्देशन दिनु भएको छ । विभिन्न बीमा कम्पनीहरुले बीमितहरुलाई ११ अर्बभन्दा बढी रकम भुक्तानी दिन बाँकी छ ।

 

प्रकाशित मिति: बुधबार, असोज १३, २०७८  १७:४६
प्रतिक्रिया दिनुहोस्
Weather Update