Kath khabar
७० वर्षे पर्यटन इतिहास : अस्थिर नीति र भौतिक पूर्वाधारमा कमिले बढ्न सकेन पर्यटकको बसाई

काठमाडौं, असोज १४ । बाह्य पर्यटकलाई लक्षित गरेर पर्यटन क्षेत्र सुरुवात भएको ७० वर्ष भयो । तर, भौतिक पूर्वाधारको बिकासमा कमि, नीतिगत अस्थिरतासँगै वास्तवीक पर्यटक आगमन हुने क्षेत्रमा प्रचारप्रसार गर्न नसक्दा अपेक्षित मात्रामा पर्यटक आगमन बृद्धि त गर्न सकिएको छैन । यस्तै उहाँहरुको बसाई पनि खासै लम्ब्याउन सकिएको छैन । जसका कारण मुलुकले पर्यटन क्षेत्रबाट प्राप्त गर्ने लाभ बढाउन सकेको छैन ।

गत वर्ष महामारीका कारण पर्यटक आउन सकेनन् । आर्थिक वर्ष २०७६÷०७७ मा ११ लाख पर्यटक आए । ४ वर्ष अघि यस्तो संख्या ७ लाख ५३ हजार थियो । अर्थात ४ वर्षमा पर्यटक आगमन ५८ प्रतिशतले बद्धि भएको छ । तर  विदेशी पर्यटकबाट हुने आय भने जम्मा ४६ प्रतिशत मात्रै बढेको छ ।

पर्यटक आगमन  केहि मात्रामा बढेपनि उनिहरुको बसाई खास लम्ब्याउन सकिएको छैन । आर्थिक वर्ष २०७३÷०७४ मा  एक पर्यटकको औसत बसाई १३ दिन हुने गरेकोमा यो २ दिन बढेर जम्मा १५  दिन  पुगेको छ ।

स्तरीय होटल १३ सय १३ वटा छन् र यि होटलमा ४५ हजार बेड छन् । अर्थात एक दिनमा ४५ हजार पर्यटक धान्न सक्ने होटलको क्षमता छ । तर, अस्थिर नीतिका कारण  छिमेकी  देशकै पर्यटक तान्न सकिएको छैन ।

पर्यटन क्षेत्रको प्रचार प्रसार  छिमेकी मुलुक छाडेर अमेरिका तथा युरोप केन्द्रित हुनु र ट्रेकिङ रुटमै सडक निर्माण जस्ता गल्तीका कारण पर्यटन क्षेत्र उकालो लाग्न नसकेको जानकारहरुको भनाई छ ।

१० वर्ष अघि मुलुकको अर्थतन्त्रमा पर्यटन क्षेत्रको हिस्सा १ दशमलव ७० प्रतिशत थियो । जुन योगदान अहिले पनि यसकै वरिपरि रहेको छ । अर्थात अर्थतन्त्रमा पर्यटन क्षेत्रको योगदान बढ्न सकेको छैन । पर्यटकका लागि आवश्यक नयाँ गन्तब्य र नयाँ गतिबिधी बढाउन नसक्दा उहाँहरुको बसाई लम्ब्याउन सकिएको छैन । जसका कारण पर्यटक बढेअनुसार आम्दानी बढाउन सकिएको छैन ।

त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलको बिकल्पमा पोखरा र भैरहवामा अन्तर्राष्ट्रिय बिमानस्थलको निर्माण  सुरु गरिएपनि अहिलेसम्म सञ्चालनमा ल्याउन  सकिएको छैन । जसका कारण नसक्दा १२ सय ५० जनालाई सेवा दिने क्षमता राख्ने त्रिभुवन बिमानस्थलले अहिले ३ हजार जनलालाई दैनिक सेवा दिनुपर्ने बाध्यता छ ।

द्रुत गतिमा गुड्न सक्ने सडक निर्माणको अभाव मात्रै होइन सडकको मर्मत देखि फोहर व्यवस्थापनमा समेत चुक्दा पर्यटकको बसाई लम्ब्याउन नसकिएको पर्यटन  व्यसायीहरु बताउनु हुन्छ ।

होटल संघका बरिष्ठ उपाध्यक्ष बिनायक शाह भन्नु हुन्छ, ‘फोहर व्यवस्थापनमा समेत चुकेका छौ, सडक खाल्डाखुल्डी पुरिएका हुँदैनन् त्यसैले नेपाललाई माया गर्ने बाहेक अन्य पर्यटक ल्याउन सकेका छैनौ ।

दक्षिण एसियामै पहिलो पटक जंगल सफारी, ट्रेकिङ, बन्जी जम्प जस्ता गतिबिधी सुरु गरेपनि यसलाई खासै बढाउन सकिएको छैन । अस्थिर नीतिका कारण बिदेशी लगानीकर्ता समेत नेपालको पर्यटन क्षेत्रबाट बाहिरिएको अवस्था छ ।

प्रकाशित मिति: बिहीबार, असोज १४, २०७८  १०:३२
प्रतिक्रिया दिनुहोस्
Weather Update