Kath khabar
गुलाब नामक चक्रवातका कारण महाराष्ट्रमा १२ जनाको ज्यान गयो

काठमाडौं, असोज १४ । गुलाब नामक चक्रवातका कारण भारतको महाराष्ट्रको जनजीवन प्रभावित भएको छ ।

पछिल्लो दुई दिनमा महाराष्ट्रको कयौँ ठाउँमा लगातार तीव्र गतिको हावासहित ठूलो पानी परेको छ । चक्रवातका कारण १२ जनाको ज्यान गएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

भारतीय सञ्चारमाध्यमका अनुसार महाराष्ट्रको पालघर र मुम्बईमा  चक्रवातको प्रभाव धेरै परेको बताएको छ । मुम्बई अहमदाबादको राष्ट्रिय राजमार्गमा बाढीका कारण यातायातका सेवा ठप्प भएको छ ।

चक्रवातको गति प्रतिघण्टा ९५ किलोमिटर रहेको भारतीय मौसम विज्ञान विभागले जनाएका छ ।

चक्रवातका कारण यसअगाडि ओडिसा, मध्यप्रदेश, छत्तिसगढ, तथा आन्ध्रप्रदेशमा जनधनको नोक्सानी भएको थियो । प्रभावित राज्यका मानिसलाई नदी किनार, नहर तथा समुद्री किनारमा नजान चेतावनी दिइएको छ ।

गएको शनिवार बङ्गालको खाडीमा चक्रवात बनेपछि भारतका विभिन्न राज्यमा लगातार पानी पर्ने र तीव्र गतिमा हावा चल्दा जनजीवन प्रभावित बनेको हो ।

प्रकाशित मिति: बिहीबार, असोज १४, २०७८  १०:५५
प्रतिक्रिया दिनुहोस्
Weather Update