Kath khabar
साफ च्याम्पियनसिपमा नेपालको बिजयी सुरुवात

काठमाडौं, असोज १५ । साफ च्याम्पियनसिपमा नेपालले बिजयी सुरुवात गरेको छ । युवा स्टार खेलाडी मनिष डाँगीको उत्कृष्ट गोलमा नेपालले आयोजक तथा साविक बिजेता माल्दिभ्सलाई एक सुन्य गोलले हराएको हो ।

६९ औँ मिनेटमा वैकल्पिक खेलाडीका रुपमा मैदान प्रवेश गर्नुभएका.मनिषले खेलको ८६ औँ मिनेटमा गर्नुभएको गोल नै निर्णायक सावित भयो । उहाँले नवयुग श्रेष्ठलाई प्रतिस्थापन गर्नुभएको थियो । उहाँले काउन्टर अट्याकमा आएको आक्रमणलाई अघि बढाउँदै गोल गर्नुभएको थियो । तीन  जना डिफेन्डरलाई बिट गरेको अवस्थानमा उहाँले गोल रक्षकलाई  वान भर्सेस वानमा विट गरेर गोल गर्नु भएको हो ।

खेलको अधिकांश समय माल्दिभ्सले बलमा पोसेसन र आक्रमण बनाएको थियो । बलियो डिफेन्सबाट काउण्टरमा अट्याक गरेको नेपालको अन्ततः सोही रणनितीमा गोल भएको हो । १३ औँ मिनेटमा नेपालले गोल गर्ने सु्नौलो मौका गुमायो । नवयुग श्रेष्ठको पासमा रोहित चन्दले पेनाल्टी क्षेत्रभित्र अनमार्क रहेको अवस्थामा बललाई नियन्त्रणमा नलिइकन प्रहार गर्दा गोल हुन सकेन । १९ औं मिनेटमा अली फासिरले पेनाल्टी क्षेत्र बाहिरबाट गर्नुभएको प्रहारलाई नेपालका कप्तान तथा गोल रक्षक किरण चेम्जोङले सहजै बचाउनु भयो । ७६ औँ मिनेटमा माल्दिभ्सले खतरनाक आक्रमण गरेको थियो । किरणले अली फसीरको डि बक्स भित्रबाट गर्नुभएको प्रहारलाइ किरणले बिफल बनाउनु भएको थियो । रिबाउन्ड भएको बलमा अश्फाकको प्रहार बाहिरीएपछि नेपालको लागि खतरा टरेको थियो । लगत्तै नाइज हासानको प्रहार पोस्टभन्दा थोरै माथिबाट बाहिरियो ।

 

 

प्रकाशित मिति: शनिबार, असोज १६, २०७८  ००:१६
प्रतिक्रिया दिनुहोस्
Weather Update