Kath khabar
चामललाई भन्दा बढी प्राथमिकता चिनीलाई दिन थाल्यौं : महानिर्देशक पौडेल

काठमाडौं, असोज १६ । चाडवाडको अहिलको समयमा चिनी अभाव नहुने उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले बताएको छ । विशेष गरी दशैं, तिहार र छठ पर्वमा चिनीको अभाव हुने गरेको पाईन्छ। तर, यसपालि भने चिनीको मौज्दात तथा आपूर्ति सहज भइरहेको कारण चाडवाडमा अभाव नहुने मन्त्रालयले बताएको हो।

वाणिज्य तथा आपूर्ति सचिव दिनेश भटराईले सरकार र निजी क्षेत्र सँग चिनी मौज्दात रहेको कारण अभाव नहुने बताउनु भयो । सरकार र निजी क्षेत्र गरेर करिब एक लाख २० मेट्रिक टन चिनी मौज्दात रहेको छ ।  एक वर्षको लागि दुई लाख ५० हजार मेट्रिक टनले धान्ने गरेको बताउँदै उहाँले साढे १७ हजार मेट्रिक टन चिनी आयात गरिएको तथा १० हजार मेट्रिक टन चिनी पाइपलाइनमा रहेको बताउनु भयो ।

चिनी मौज्दात रहेको तथा पाइपलाइनमा रहेको हुनाले ३ महिनालाई धान्ने चिनी रहेको उहाँले बताउनु भयो ।  सहरमा मात्र नभई दूरदराज गाउँमा समेत चिनीको अभाव नहुने बताउँदै उहाँले अभाव हुन नदिन सरकार लागिपरेको बताउनु भयो ।

यस्तै, वाणिज्य तथा आपूर्ति विभागका महानिर्देशक प्रकाश पौडेलले चिनीलाई बढी प्राथमिकता दिएको कारण भ्रम सिर्जना भएको बताउनु भयो । ‘चामाललाई भन्दा चिनीलाई बढी प्राथमिकता दियो अनि पाइँदैन भन्ने भ्रम सिर्जना भयो । चिनी पर्याप्त छ कहिले पनि अभाव हुँदैन’, उहाँले भन्नु भयो । सरकारले चिनीको अभाव नहुन दिन कै लागि यसअघि विभिन्न प्रयास गरेको छ । त्यसैले गर्दा अहिले पनि अभाव हुन नदिनको लागि आपूर्ति व्यवस्था सहज देखि लिएर निजी क्षेत्रसँग छलफल गरी अघि बढ्न सरकार तयार रहेको छ, उहाँले भन्नुभयो ।

 

प्रकाशित मिति: शनिबार, असोज १६, २०७८  ०९:३६
प्रतिक्रिया दिनुहोस्
Weather Update