Kath khabar
केन्यामा करिब २४ लाख मानिसलाई जटिल खाद्यन्न अभाव हुने

काठमाडौं, असोज १६ । खडेरीका कारण केन्यामा जटिल खाद्यन्न अभाव देखिन भएको छ ।  केन्यामा अबको एक÷दुई महिनामा कम्तीमा २४ लाख मानिसलाई जटिल खाद्यान्न अभाव हुने खतरा रहेको विश्व खाद्य कार्यक्रम (डब्लुएफपी) ले चेतावनी दिएको छ ।

डब्लुएफपीले उत्तरी र पूर्वी केन्यामा खडेरीले तहसनहस पारेका कारण २४ लाख मानिसलाई जटिल खाद्यान्नको अभाव हुने भन्दै चेतावनी दिएको हो । यो संकत कार्तिक, मंसिरसम्म रहने बताएको छ ।  पूर्वी अफ्रिकी देशहरुमा हालैका वर्षहरुमा एकपछि अर्को विपत्तिले अर्थव्यवस्थालाई धराशायी बनाएको छ ।

डिसेम्बर २०१९ मा सलहको आक्रमण तथा सन् २०२०÷०२१ मा परेको खडेरीका कारण  खाद्यान्नको आपत्कालीन अवस्थाको सामना गर्नुपरेको अवस्था आएको हो  । राष्ट्रिय खडेरी व्यवस्थापन प्राधिकरण (एनडीएमए) का अनुसार राष्ट्रपति उहुरु केन्याट्टाले गएको महिना खडेरीलाई प्राकृतिक विपत्तिको रूपमा घोषणा गर्नुभएको थियो ।

त्यहाँ दुई लाख १० हजार मानिसले भोकमरीको सामना गरिसकेका बताइन्छ ।

यस्तै गत वर्षभन्दा यो वर्ष तीन गुणा बढी मानिस भोकमरीको चपेटामा पर्ने सम्भावना छ ।  गएको वर्षको कात्तिक र मंसिर महिनामा साढे आठ लाखभन्दा बढी मानिसहरूले गम्भीर खाद्य असुरक्षाको सामना गरिरहेका थिए । गरिबी र खाद्यन्न अभावले केन्यामा मानवहरु संकटमा पर्ने बताइएको छ ।

प्रकाशित मिति: शनिबार, असोज १६, २०७८  १०:४२
प्रतिक्रिया दिनुहोस्
Weather Update