काठमाडौं, वैशाख १६ । नेपाल सरकारले भलिबललाई राष्ट्रिय खेल घोषणा गरेको चार वर्ष पुग्यो । तर यता यो खेलमा भने अहिले खेलाडी नै खडेरी पर्ने हो कि भन्ने जोखिम बढेर गएको छ । साथै चार वर्षसम्म कबर्ड हल समेत बनाउन सरकार असफल भएको छ ।
जुन सूकै भुगोलमा पनि खेल्न मिल्ने, सबै वर्गको लोकप्रिय भएको हैसियतले भलिबललाई सरकारको मन्त्रिपरिषदको २०७४ जेष्ठ ८ गते बसेको बैठकले राष्ट्रिय खेल घोषणा गरेको हो । त्यस यता वार्षिक रुपमा महिला र पुरुष भलिबल प्रतियोगिता २२ देखि २४ वटासम्म हुँदै आएको छ । तर ती प्रतियोगिताहरु व्यवसायिक हुन सकेको छैन । भलिबल खेलाडीहरु खेलेरै मात्र जिविकोपार्जन गर्न सकेका छैनन् । नयाँ खेलाडी जन्माउने ग्रासरुट लेभलका कार्यक्रमले नै हो तर भलिबलको उमेर समुहको खेल सुन्य प्राय हुन्छ ।
व्यवसायिक हुन सकेन
प्रतियोगितामा नियमित खेल्ने टिम भनेको तीन विगागीय क्लब –त्रिभुवन आर्मी, नेपाल पुुलिस तथा शसस्त्र प्रहरी बलको एपीएफ क्लब । यस्तै घरेलु प्रतियोगितामा कास्की जिल्ला र न्यु डायमण्ड क्लबको पनि सहभागिता बलियो हुने गर्छ । यी बाहेक केही नयाँ क्लब हेल्प नेपाल र बुल्बुले रारा क्लबले बिदेशी खेलाडीलाई केही समयका लागि अनुबन्ध गरि भलिबल संघले आयोजना गर्ने सबैभन्दा चर्चित प्रतियोगिता एनभिए राष्ट्रिय भलिबल च्याम्पियनसिपमा सहभागि हुने गर्छ ।
दुइ पटक यो प्रतियोगिता जितिसकेको हेल्प नेपालले भारतीय खेलाडीलाई टिममा अनुबन्ध गर्छ । भने बुल्बुले रारामा पाकिस्तानी उम्दा खेलाडीको प्रदर्शन देख्न सकिन्छ । छोटो समयको लागि यी क्लब व्यवसायिक हुन्छन् । तर यो प्रतियोगिता नकआउट फम्यार्टमै सकिन्छन् । यसोँ हुँदा कुन खेलाडी फर्ममा छन् । कम्जोरी कहाँ छ भने पत्ता लगाउन मुस्किल हुन्छ ।
भलिबललाई व्यवसायिक बनाउने हो भने प्रतियोगिताको फम्यार्ट लम्ब्याउन सकिन्छ । लिग खेलाइयो भने क्लब व्यवसायिक हुन्छन् । खेलाडी खेलको विकल्प खोज्न पर्दैन । लोकप्रिय भएका कारण प्रायोजकका लागि धेरै संघर्ष गर्नुपर्ने नभएपनि संघले यसबारे ध्यान दिन सकेको छैन। नेपालमा क्रिकेट, फुटबल तथा भलिबल सबैभन्दा दर्शक भएका खेल हुन् ।
क्रिकेटका तीन ठुला टि–ट्वान्टी फ्रेन्चाइजी लिग हुन्छन् । फुटबलका ए डिभिजन लिग सहित अहिले नेपाल सुपर लिग जस्तो ठुलो प्रतियोगिताहरु आयोजना गरिरहेको छ तर भलिबल नकआउट प्रतियोगिताहरुमै अल्मलिएको छ । प्रतियोगिता व्यवस्थित छैन । जसका कारण क्लबहरुको वर्गीकरण पनि भएको छैन । यसको बारेमा न्यु डायमण्ड क्लबका प्रशिक्षक कुमार राइ पनि रुष्ट हुनुहुन्छ ।
एउटा भर्खरको नयाँ क्लब , नयाँ खेलाडी छन् अनि त्यो क्लबसँग स्थापितहरुले प्रतिस्पर्धा गर्छन् । स्वाभाविकरुपमै नतिजा पुराना टिमको पक्षमा आउँछ । वर्गीकरण नहुनु अथवा व्यवसायिक नहुनुको बेफाइदा यही नै हो । नकआउट प्रतियोगिताबाट नतिजा नै अपेक्षा गर्न सकिन्न ।
भलिबलको कबर्ड हल नै छैन
नेपाली महिला भलिबल टिमले बंगलादेशमा २०७६ मा आयोजना भएको एसियन भलिबल कन्फेडेरसन कप –एभीसी) सेन्ट्रल जोन सिनियर महिला भलिबलको च्याम्पियनसिप जित्यो । फाइनल खेलमा माल्दिभ्सलाई तीन सुन्यको सोझो सेटमा हराएर जितेको त्यो उपाधी राष्ट्रिय महिला भलिबलको पहिलो ठुलो उपाधी हो । सोही वर्ष नेपालमा पनि पुरुष तर्फको एभिसी सेन्ट्रल जोन भलिबल प्रतियोगिताको आयोजना भयो । तर सबै खेल कबर्डहलको अभावले लगनखेलस्थित सैनिक शारिरिक तथा तालिम केन्द्रमा भए । सो केन्द्रमा सिमीत दर्शक मात्र अटाउँथे । जसका कारण हजारौ दर्शकले प्रवेश पाएनन् । दर्शकको ठुलो क्रेजलाई देखेर अध्यक्ष मनोरञ्जन शर्माले छिट्टै राष्ट्रिय भलिबलको कबर्डहल बनाइने बताउनु भएको थियो । दुइ वर्ष बित्यो । न त कबर्डहल बनेको छ न त यसका लागि योजना नै । यो बिचमा १३ औँ दक्षिण एसियाली खेलकुद साग अन्तगर्त महिला र पुरष भलिबल राष्ट्रिय खेलकुद परिषदको कबर्डहलमा भए । महिला भलिबले रजत पदक समेत जित्यो । त्यसपछिका प्राय प्रतियोगिता यही कबर्डहलमा हुँदै आएका छन् ।
सुन्य उमेर समुहका कार्यक्रम
कुनै टिम बलियो हुन उसको बेञ्च बलियो हुनपर्छ । तर महिला होस् या पुरुष भलिबल टिममा कुनै एक खेलाडी घाइते भएमा उसको विकल्पमा खेलाडी उभिएको देखिनन् । यो हुनुको प्रमुख कारण उमेर समुहका सुन्य प्रतियोगिता नै हो । उमेर समुह प्रतियोगिताका लागि आफुले योजना बनाएर राष्ट्रिय खेलकुद परिषदमा पेश गरेको तर अघि सर्न नसकेको महासचिव जितेन्द्र बहादुर चन्द बताउनुहन्छ ।
'उमेर समुहको प्रतियोगितामा ध्यान पुग्न नसकेको संघ आफै पनि स्वीकार्छ र हामीले उमेर समुहको प्रतियोगिताकाबारे बजेट खर्च सम्बन्धी विवरण राखेपलाइ बुझाएका छौँ तर त्यहाँबाट हामीलाई कुनै प्रतिकृया आएको छैन । संघले पनि ध्यान दिन सकेको छैन। कुनै पनि खेल विकासका लागि उमेर समुहको प्रतियोगिता अपरिहार्य मानिन्छ । हाम्रो यस विषयमा ध्यान पर्याप्त नपुगेकै हो । हामी छिटोभन्दा छिटो उमेर समुहका प्रतियोगिता आयोजनाका लागि कदम चाल्नेछौँ ।' चन्दले बताउनु भयो । अब अझै ढिलाइ गर्ने हो केही समय पछि राष्ट्रिय खेलाडी कै खडेरी पर्ने जोखिम भलिबलमा देखिन्छ। भलिबलले देखिने गरि कार्यक्रमहरु त गरेको छ तर व्यवसायिक ढङ्गले अघि बढ्ने हो भने मात्र यसको क्षितीज फराकिलो हुनेछ ।