इस्तानबुल, वैशाख १६ । यु.इ.फ.ए च्याम्पियन्स लिग अन्तगर्त गएराती भएको सेमी-फाइनलको पहिलो लेगमा इंग्लीस क्लब म्यान्चेष्टर सिटीले पेरिस सेन्ट जर्मेन पिएसजीलाई दुइ एक गोलले हराएको छ । एक सुन्यले पछि परेको अवस्थामा पेप ग्वार्डिवालाको सिटीले उत्कृष्ट कमब्याक गरि पहिलो लिगमा अग्रता बनाएको हो ।
इस्तानबुलमा भएको खेलको १५ औँ मिनेटमा फ्रा्रन्सेली च्याम्पियन पिएसजीले अग्रता बनाएको थियो । एंगल डि मारियाको कर्नर प्रहारमा मार्किन्होसले गोल गर्दै पिएसजीलाई एक सुन्य गोलले अघि बढाउनुभयो । फिल फोडेन गोल गर्न पाएको अवसरलाई गर्न नसक्दा सिटीले पहिलो हाफमै बराबरी गर्न चुकेको थियो । दोस्रो हाफमा सिटीले दुइ गोल गरि उत्कृष्ट पुनरागमन गर्यो ।
६४ औँ मिनेटमा केभिन डि बु्रनाले डि बक्स भन्दा बाहिरबाट गरेको प्रहार अविश्वस्नीय गोलमा परिणत भए पछि खेल एक एकको बराबरीमा आयो । ७१ औँ मिनेटमा रियाद महरेजले सिटीका लागि दोस्रो गोल थप्नु भयो । उँहाले गर्नु भएको फ्रि किक प्रहार सोझै सुन्दर गोलमा परिणत भएको थियो । लेष्टर सिटीबाट म्यान्चेष्टर सिटी आएपछिको यो उहाँले पहिलो पटक फ्रि किक मार्फत गर्नुभएको हो । त्यसको ६ मिनेटमा पि.एस.जी १० खेलाडीमा समेटियो । इल्के गुन्डोअनमाथि खतरनाक ट्याकल गरेपछि इड्रिसा गुइहाइले सोझै रातो कार्ड पाउनु भयो। पिएसजीका स्टार खेलाडी केलिएन एम्बाप्पे र नेइमारले पनि आफ्नो प्रभाव देखाउन सक्नु भएन । यता सिटीले यो खेल पछि युरोपेली उपाधीको बलियो दाबेदारिता प्र्रस्तुत गरेको छ । इंग्लीस प्रिमियर लिगमा सिटीले तालिकामा १० अंकको अग्रता बनाएको छ । पाँच खेल बाँकी रहँदा सिटीको ७७ अंक छ ।