लन्डन, असोज १८ । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत आइतबार राति भएको खेलमा लिभरपुल र म्यानचेस्टर सिटी बराबरीमा रोकिएका छन् । लिभरपुलको मैदानमा भएको खेलमा दुई टिमले २–२ गोलको बराबरी खेलेका हुन् । ५९ औं मिनेटमा अग्रता लिएको लिभरपुलका लागि साडिओ माने र ७६ औँ मिनेटमा मोहम्मद सालहले गोल गर्नु भयो ।
बराबरी गर्ने क्रममा म्यानचेस्टर सिटीका लागि ६९ औँ मिनेटमा फिल फोडिन र ८१ औँ मिनेटमा केविन डी ब्रूयनाले गोल गर्नु भयो । बराबरीपछि दोस्रो स्थानको लिभरपुलको सात खेलबाट १५ अंक भएको छ । यस्तै तेस्रो स्थानमा रहेको म्यानचेस्टर सिटीको १४ अंक छ ।
आइतबार राति नै भएका अरु खेलमा टोटनह्यामले एस्टन भिल्ला तथा ब्रेन्टफोर्डले वेष्टह्यामलाई समान २–१ ले पराजित गर्दा लेस्टर सिटी र क्रिष्टल प्यालेसले २–२ को बराबरी खेलेका छन् । एजेन्सी