Kath khabar
बैंक तथा फाईनान्स कम्पनीहरुलाई राष्ट्र बैंकको लगानी अफर

काठमाडौ, असोज १८ । बैंक तथा फाईनान्स कम्पनीहरुलाई राष्ट्र बैंकको लगानी अफर गरेको छ । राष्ट्र बैंकका अनुसार ५६ करोड रुपैयाँ संस्थागत निक्षेप राख्नको लागि अफर गरिएको हो ।  
कर्मचारीहरुको उपदान तथा पेन्सन कोषमा रहेको रकम तीन सय ६६ दिने मुुद्धती निक्षेपकोरुपमा २०७८ कात्र्तिक दुुई गतेदेखि २०७९ कात्र्तिक दुई गतेसम्मको लागि उक्त परिमाणमा रकम राख्न लागिएको राष्ट्र बैंकले जानकारी दिएको छ ।

यसरी राखिने कुुल रकम मध्येमा बाँणिज्य बैकहरुको लागि ४४ करोड ८० लाख, बिकास बैंकहरुको लागि आठ करोड ४० लाख र फाईनान्स कम्पनीहरुको लागि दुई करोड ८० लाख रुपैयाँ रुपैयाँ छुुट्याईएको छ । राष्ट्र बैकका अनुसार रकम लगानी गर्न चाहाने इच्छुुक तथा फाईनान्स कम्पनीहरुले यही असोज १९ गते मध्यान्ह पाँच बजेसम्म नेपाल राष्ट्र बैंकमा आफुुले लगानी गर्न चाहेको रकम र उक्त रकममा दिन चाहेको व्याज समेत उल्लेख गरेर आवेदन दिनुुपर्ने छ ।

लगानीको लागि प्रस्ताव पेस गर्ने बैंक तथा फाईनान्स कम्पनीहरु सञ्चालनमा आएको कम्तीमा दुई बर्ष पुरा गरेको, तोकिएको न्यूनतम पूँजीकोष कायम रहेको, निष्कृय कर्जा (एन.पी.ए) कुल कर्जा सापटको पाँच प्रतिशत भन्दा कम भएको खुद तरल सम्पत्ति स्वदेशी निक्षेपको कम्तिमा बीस प्रतिशत वा सो भन्दा बढी रहेको हुुनुुपर्ने प्रावधानहरु तोकिएको राष्ट्र बैंकले जनाएको छ ।  

 

प्रकाशित मिति: सोमबार, असोज १८, २०७८  १०:२२
प्रतिक्रिया दिनुहोस्
Weather Update