Kath khabar
जर्मनीको चेम्निज ओपन कराते च्याम्पियनसिपमा नेपाली टोलीलाई ४ स्वर्ण

काठमाडौं, असोज १८ । जर्मनीमा भएको चेम्निज ओपन कराते च्याम्पियनसिपमा नेपालले ४ स्वर्ण र २ कांस्य पदक जितेको छ । प्रतियोगितामा सहभागी भएका खेलाडीहरुले दोहोरो पदक जित्नु भएको थियो ।

सागका स्वर्णधारी मन्देकाजी श्रेष्ठले दोहोरो स्वर्ण जित्नु भयो । उहाँले पुरुष सिनियर एकल काता र ३० वर्षमाथि उमेरसमूहमा स्वर्ण जित्नु भएको हो ।


 यस्तै मुकुन्द्र महर्जनले कुमुतेको ७५ केजीमुनि कांस्य र ३० वर्षमाथि स्वर्ण जित्नु भयो । सुमन तिमल्सिनाले पुरुष सिनियर एकल कातामा कांस्य र आफ्नो उमेर समूहमा स्वर्ण जित्नु भएको छ ।

अक्टोबर २ मा भएको प्रतियोगितामा जर्मनी, पोल्यान्ड, अस्ट्रिया, अजरबैजान, इरान, नेदरल्यान्ड्स, स्पेन, बेल्जियमलगायत राष्ट्रका खेलाडीले भाग लिएको जनाइएको छ ।

प्रकाशित मिति: सोमबार, असोज १८, २०७८  १०:४३
प्रतिक्रिया दिनुहोस्
Weather Update