इटाली, असोज १८ । इटालीको उत्तरी शहर मिलानमा एक निजी जहाज दुर्घटना हुँदा आठ जनाको मृत्यु भएको छ । उक्त निजी जहाज मिलानस्थित एउटा खाली घरमा ठोक्किएको बीबीसीले जनाएको छ। सिंगल इन्जिन भएको पिलाटस पिसी १२ जहाज आइतबार दिउँसो मिलानको लिनाटे विमानस्थलबाट टेकअफ भएको केहीबेरमै एउटा भवनमा ठोक्किएको थियो। उक्त जहाजमा ६ यात्रु र २ चालक दलका सदस्य थिए।
सो विमानको लिनाटे विमानस्थलबाट सार्डिनिया टापुका लागि उडेको थियो । विमानस्थलबाट जहाज उड्नेबित्तिकै तल झरेको हो । घटनामा रोमानियाका अर्बपति डान पेट्रेस्कुसहित उनका पत्नी र छोराको मृत्यु भएको छ। प्रत्यक्षदर्शीका अनुसार जहाज झर्ने क्रममा नै इन्जिनमा आगलागी सुरु भएको थियो । जहाज दुर्घटना हुँदा ठूलो विस्ष्फोट भएको र त्यसले स्थानीयवासी त्रसित भएका थिए । जहाज खस्दा पार्किङ गरेर राखिएका धेरै कारहरु आगलागी भएका छन्।
स्थानीय सरकारले विमान दुर्घटनाबारे छानविन सुरु गरेको अन्तर्राष्ट्रिय संचारमाध्यममहरुले बताएका छन्।