माधव नेपाल अस्पतालबाट डिस्चार्ज
काठमाडौं, असोज १८ । स्वास्थ्यमा समस्या देखिए पछि अस्पताल भर्ना भएका नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल डिस्चार्ज हुनु भएको छ ।
त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचाररत अध्यक्ष नेपालको स्वास्थ्यमा सुधार भएपछि डिस्चार्ज गरिएको हो ।
उहाँलाई केही दिन घरमै आराम गर्न डाक्टरले सुझाव दिएका नेपालका स्वकीय सचिव मोहन गौतमले जानकारी दिनुभयो ।
नेपाललाई ज्वरो र खोकीको समस्या देखिएपछि बुधबार टिचिङ अस्पताल भर्ना गरिएको हो ।
प्रकाशित मिति: सोमबार, असोज १८, २०७८ ११:११
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय