काठमाडौं, असोज १८ । चाँडवाँड नजिकिएसँगै उपत्यका छाड्ने सर्वसाधारणको संख्या दिनहुँ बढिरहेको छ । दशैं, तिहार तथा छठ नजिकिएसँगै दैनिक करिब ४५ हजार देखि ५० हजार सर्वसाधारणले उपत्यका छाड्ने गरेको पश्चिम क्षेत्र तुलसीपुर यातायात प्रा.लि का सदस्य सबिन खड्काले काठखबरलाई बताउनु भयो । ‘नयाँ बसपार्कबाट दैनिक ३५० देखि ४०० वटा बस छुट्ने गरेको छ’, उहाँले काठखबर सँग भन्नुभयो, ‘सबैभन्दा धेरै पश्चिमका लागि छुट्ने गरेको छ। अन्य क्षेत्रमा भने नयाँ बसपार्क बाट छुट्ने बसको संख्यामा २५ प्रतिशतले बढेको छ।’
दशैं, तिहार तथा छठ नेपालीहरुको महान चाड भएको हुदाँ सो समयमा नेपालीहरु आफनो घर फर्किने गरेको पाईन्छ । मोफसलका सर्वसाधारणहरु रोजगारी, अध्ययन, अस्पताल, भेटघाट लगायतका काम लिएर उपत्यका आउने गरेको पाईन्छ ।
कोभिडको कारणले गर्दा उपत्यका बाहिरिने सर्वसाधारण तथा सवारी साधनहरुमा कमी आएको छ । ‘कोभिडको कारणले गर्दा शिक्षण संस्थाहरु नखुल्दा, कयौं संस्थाहरु नखुल्दा मोफसलबाट उपत्यका आउनेको संख्यामा कमी आए कै कारण बाहिरिने संख्यामा कमी देखिएको सदस्य खड्काले बताउनु भयो । बसका साथै माइक्रो बस, बोलरो, जीप लगायतका सवारी साधन मार्फत् उपत्यकामा रहेका मोफसलका सर्वसाधारणहरु बाहिरिएको उहाँको भनाई छ ।
महासंघले यात्रुहरुको सहजताका लागि अग्रमि टिकट बुकिङ तथा कम्युटर प्रणालीबाट समेत टिकट बुकिङको व्यवस्था गरेको थियो । घर फर्किनको लागि करिब १८ हजार भन्दा बढीले अग्रिम टिकट बुकिङ गर्नुभएको छ। ‘कम्युटर र बसपार्कमा गएर अग्रिम बुकिङ गर्नेहरुको संख्या समेत दिनँहु बढेको छ’, सदस्य खड्काले काठखबरसँग भन्नु भयो,‘ सहज होस् भन्ने उद्देश्यले अग्रिम बुकिङ सेवा प्रदान गरेका छौं। सर्वसाधारणलाई राहत भएको छ।’
सदस्य सबिन खड्का
अनलाईन प्रणालीबाट अग्रमि टिकट बुकिङ भने नगरेको बताँउनु हुदै उहाँले भन्नुभयो सर्वसाधारणहरु अनलाईन प्रणाली भनेर धेरै संख्यामा झुक्किनु भएको छ । अनलाइन नभएर कम्पुयटर प्रणाली हो । स्वेदशमा मात्र नभई विदेशमा रहेका नेपाली समेत यो समयमा घर फर्किने गरेको पाईन्छ ।
यस्तै दशैं नजिकिदै गर्दा नयाँ बसपार्क भएर उपत्यका छाड्ने यात्रुको संख्यामा दिनँहु वृद्धि भएको छ । पश्चिममा भने धनगढी, महेन्द्रनगर, नेपालगञ्ज, सुर्खेत, दाङ, बुटवल, भैरहवा, बेनी , बाग्लुङ, पोखरा र पुर्वमा भने काँकडभिट्टा, विराटनगर, धरान, विरगञ्ज, सिराहा लगायतका क्षेत्रमा जाने यात्रुहरुको चाप बढी रहेको सदस्य खड्काले भन्नुभयो ।