Kath khabar
गरिमाका ग्राहकलाई ‘सिद्दार्थ बिजनेस ग्रुप अफ हस्पिटालिटी’ र ‘चितवन प्याराडाईजमा आर्कषक छुट

काठमाडौं, असोज १९ । गरिमा विकास बैंकका ग्राहकहरुले ‘सिद्दार्थ बिजनेस ग्रुप अफ हस्पिटालिटी’ र ‘चितवन प्याराडाईज होटल’मा आर्कषक छुट पाउने भएकाछन् । बैंकले सफल व्यवसाय विस्तार गर्दै अघि बढिरहेको ‘सिद्दार्थ बिजनेस गु्रप अफ हस्पिटालिटी’ र पर्यटकीय गन्तव्य चितवनमा अवस्थित आकर्षक ‘चितवन प्याराडाईज होटल’ सँग गरिमा उनीहरुले प्रदान गर्ने विभिन्न सेवा सुविधामा आकर्षक छुटको लागि सम्झौता गरेको हो । बैंकद्घारा जारी विज्ञप्ति अनुसार गरिमा विकास बैंकका डेविट कार्ड तथा मोबाईल बैकिङ्ग प्रयोगकर्ताहरुले ‘सिद्दार्थ बिजनेस ग्रुप अफ हस्पिटालिटी’ र ‘चितवन प्याराडाईज होटल’को शाखाहरुबाट विल भुक्तानी गर्नुहुँदा रुम र फुड एण्ड वेभरेजमा आकर्षक छुट पाउन सक्नेछन् । 

गरिमा विकास बैंकले आफ्ना ग्राहकहरुको थप सुविधाको लागि विभिन्न हस्पिटालिटी सेक्टर, हेल्थ सेक्टर र अन्य सेक्टरहरुसँग छुट सम्बन्धि सम्झौता गर्दै आईरहेको र यसलाई भविष्यमा पनि प्राथमिकताको साथ निरन्तरता दिने कुरा जनाएको छ । 
 

प्रकाशित मिति: मंगलबार, असोज १९, २०७८  ११:३७
प्रतिक्रिया दिनुहोस्
Weather Update