रुसले पनडुब्बीमार्फत क्षेप्यास्त्र परीक्षण सफल
मस्को, असोज १९ । रुसले पनडुब्बी (सबमरिन) मार्फत पहिलोपटक क्षेप्यास्त्र परीक्षण गरेको छ। सोमबार अत्याधुनिक हाइपरसोनिक क्षेप्यास्त्र परीक्षण गरेको हो।
रुसी सञ्चारमाध्यमका अनुसार परीक्षण रात्रिकालिन समयमा ब्यारेन्ट सागरमा गरिएको थियो भने जिर्कोन नाम दिइएको सो क्षेप्यास्त्र परीक्षण सफल भएको थियो ।
रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले नयाँ पुस्ताको एक हिस्साको रुपमा सो क्षेप्यास्त्र परीक्षण गरेको बताएका छन्।
सो अत्याधुनिक क्षेप्यास्त्र परम्परागत क्षेत्रप्यास्त्रभन्दा पाँच गुणा दु्रत रहेको र चर्को आवाज निकाल्ने बताइएको छ। एजेन्सी
प्रकाशित मिति: मंगलबार, असोज १९, २०७८ १२:१८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय