Kath khabar
त्रिभुवन विमानस्थलमा हरियो प्लेटको ट्याक्सीले सेवा दिने 

काठमाडौं, वैशाख १६ । विदेश जाने र विदेशबाट घर फर्किनेको लागि हरियो प्लेटको ट्याक्सीले सेवा दिने भएको छ । निषेधाज्ञामा त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल भई विदेश जाने र आउनको सहजताको लागि भन्दै त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको लिमिटेडबाट स्वीकृति प्राप्त प्रीपेड पर्यटन ट्याक्सी (विमानस्थल हवाई यात्रु यातायात सेवा व्यवस्था लिमिटेड मार्फत सञ्चालित, हरियो प्लेट) ले सेवा दिने भएको हो । 
नेपाल नागरिक उड्यान प्राधिकरणका अनुसार सेवा सञ्चालनको लागि विमानस्थल हवाई यात्रु यातायात सेवा व्यवस्था लिमिटेडलाई अधिकारी दिएको जनाएको छ । 
सेवा विमानस्थल आगमन पार्किङमा र शहरबाट विमानस्थलमा आउनको लागि समेत अन कल ‘बेसिस’मा उपलब्ध छ । यात्रुहरुले अन्तराष्ट्रियतर्फ ९८०३०५३३५१, ९८०३१४६१२२, ९८६००१५५१३ र आन्तरिक तर्फ ९८४१०७०६२३, ९८४१२८१२७० मा सम्र्पक गरी सेवा लिन सकिनेछ । 
जिल्ला प्रशासन कार्यालय, काठमाडौंबाट गत सोमबार जारी गरिएको निषेधाज्ञामा उल्लेख भए बमोजिम यात्रुको साथमा रहेको वैधानिक हवाई टिकट/ पासपोर्ट/ भिसाका आधारमा हवाई यात्रा प्रयोजनको लागि विमानस्थल आवत/जावत गर्न सकिनेछ । काठमाडौं बाहिरका हकमा भने उक्त ट्याक्सीलाई सो अधिकार प्रदान गरिएको छैन । स्वदेश फर्किएका तथा विदेश जान लागेका यात्रुहरुलाई समस्या नहोस् भनेर सो व्यवस्था गरिएको हो । 

प्रकाशित मिति: बिहीबार, वैशाख १६, २०७८  १६:५३
प्रतिक्रिया दिनुहोस्
Weather Update