Kath khabar
हिमालयन बैंकका अध्यक्ष श्रेष्ठद्धारा पद तथा गोपनीयताको सपथ ग्रहण


काठमाडौं, असोज १९ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले हिमालयन बैंक लिमिटेडका नव नियुक्त अध्यक्ष अध्यक्ष श्रेष्ठले सपथ ग्रहण पश्चात आजै बैंक अध्यक्षको पद बहाली गर्नुभएको छ । उहाँलाई बैंकका संचालक समितिका सदस्य तथा प्रमुख कार्यकारी अधिकृत अशोक राणा लगायत बैंकका वरिष्ठ अधिकृतहरुले स्वागत गर्नुभएको छ ।

श्रेष्ठलाई २०७८ साल आश्विन १३ गते बुधबारका दिन बसेको बैंकको ४११ औं संचालक समितिको बैठकले अध्यक्ष चयन गरेको हो । श्रेष्ठ विगत १९ वर्षदेखि निरन्तर हिमालयन बैंक लिमिटेडको संचालक समितिका सदस्य रहनुभएको थियो ।   

 

प्रकाशित मिति: मंगलबार, असोज १९, २०७८  १६:१७
प्रतिक्रिया दिनुहोस्
Weather Update