Kath Khabar
नेपालमा थप ९६८ जनामा कोभिड १९ को संक्रमण पुष्टि

काठमाडौं, असोज १९ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा पछिल्लो २४ घण्टामा थप नौ सय ६८ जनामा कोरोना  भाईरस (कोभिड १९) को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालाहरुबाट कुल १६ हजार ४२ वटा नमूनाको परीक्षण गर्दा उक्त संख्यामा संक्रमण पुष्टि भएको मन्त्रालयले जानकारी दिएको छ ।

यसैगरी पछिल्लो २४ घण्टामा कोभिड १९ को संक्रमणबाट थप छ जनाको मृत्यु भएको छ । यो समेत गरी नेपालमा कोभिड संक्रमणका कारण मृत्यु हुनेहरुको संख्या ११ हजार एक सय ८० पुगेको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप एक हजार एक सय १४ जना संक्रमणमुक्त भएका छन् । यो समेत गरी नेपालमा सक्रिय संक्रमितको संख्या १६ हजार दुई सय ४८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।  

मन्त्रालयका अनुसार काठमाडौं उपत्यकामा भने पछिल्लो २४ घण्टामा थप तीन सय दुई जना संक्रमित भएकाछन् । जसमध्ये काठमाडौं जिल्लामा दुई सय ३१, ललितपुर जिल्लामा ४१ र भक्तपुर जिल्लामा ३० जनामा संक्रमण पुष्टि भएको छ । यो समेत गरी हाल उपत्यकामा सक्रिय संक्रमितको संख्या तीन हजार सात सय ४७ रहेको छ ।

 

प्रकाशित मिति: मंगलबार, असोज १९, २०७८  १७:२२
प्रतिक्रिया दिनुहोस्
Weather Update