काठमाडौं, वैशाख १६ । बिहीबार दिपक मनाङेका रुपमा परिचित राजीव गुरुङ गण्डकी प्रदेशको युवा तथा खेलकुद मन्त्री नियुक्त हुनु भएको छ । प्रदेशका मुख्य मन्त्री पृथ्वी सुब्बा गुरुङले उहाँलाई सरकार जोगाउन भन्दै मन्त्री नियुक्त गराएको बताइएको छ । बिहीबार नै उहाँले सपथ लिएका छन् । अपराधिक पृष्ठभुमि बोकेका उहाँ गण्डकी प्रदेशको सासंदमा निर्वाचित हुनु् अघि जेलमा हुनुहुन्थ्यो । मनाङे २०७४ साल मसिंर १० गते सम्पन्न प्रदेश सभा निर्वाचनमा स्वतन्त्र उम्मेदवार हुनुहुन्थ्यो । त्यो बेलाको एमालेलाई समर्थ गरेपछि उहाँ सांसदमा निर्वाचित हुनु भएको थियो । सासंद भएपछि पनि उहाँको छवि बद्लिएको थिएन ।
२०७६ सालमा मनाङले मनाङ जिल्ला फुटबलको प्रतिनिधी भइ पोखरामा आयोजित मुख्य मन्त्रीमा सहभागि हुन आउँदा आफ्ना खेलाडीलाई होटलको व्यवस्था नमिलाएको भन्दै उहाँले एन्फा पदाधिकारी माथि हातपात गर्नुभएको थियो । मनाङको खेल हुनु अघि नै टिम ल्याएका कारण अखिल नेपाल फुटबल संघ –(एन्फा) कास्कीका अध्यक्ष मिलन गुरुङसँग विवाद भएपछि उहाँले मुक्का प्रहार गर्नुभएका थियो । बुधबार गण्डकी प्रदेशसभामा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ विरुद्धको अविश्वास प्रस्तावमाथि मतदान हुन नसकेपछि मुख्यमन्त्री गुरुङले मन्त्रिपरिषद् विस्तार गर्नु भएको हो । राष्ट्रिय जनमोर्चाका सांसद खिमविक्रम शाहीको अवस्था बेपत्ता भएको भन्दै बुधबारको प्रदेशसभा बैठक अर्को सूचना प्रकाशित नहुँदासम्मका लागि स्थगित भएको छ ।