Kath khabar
फास्ट ट्रेयाक निर्माणमा ढिलासुस्ती

काठमाडौं, वैशाख १७ । काठमाडौं- तराई (मधेश) द्रुतमार्ग (फास्ट ट्र्याक) निर्माणको क्रममा नेपाली सेनाले संसदको निर्णय अटेर गर्दै अघि बढेको पाइएको छ । फास्ट ट्र्याक प्याकेज दुईको ठेक्का प्रक्रिया संसदको निर्णयको प्रतिकुल हुने गरी सेनाले काम अघि बढाएको भन्दै प्रतिनिधिसभा अन्र्तगतको सार्वजनिक लेखा समितिले फास्ट ट्र्याककोे प्याकेज दुईको ठेक्का प्रक्रियाको पूर्व योग्यता परिक्षण कानुनसम्म नभएको र बोलपत्रमा प्रतिस्पर्धालाई सुनिश्तिता नगरेका भन्दै तत्काल खरिद प्रक्रिया रद्द गर्ने निर्देशन दिएको छ । यो सँगै समितिले खरिद्  प्रक्रिया रद्द गरी कागजात उपलब्ध गराउन पुनः ताकता गरेको हो । समितिले बुधबार जङ्गी अड्डा, भद्रकालीलाई पत्र काट्दै सेनाले  अघि बढाएको फास्ट ट्र्याक प्याकेज दुईको ठेक्का प्रक्रिया संघीय संसद, प्रतिनिधि सभाबाट स्वीकृत लेखा समितिको निर्णयको विपरित सार्वजनिक खरिद ऐन २०६३ र सार्वजनिक खरिद नियमावली, २०६४ को वर्खिलाप हुने गरी टेण्डर प्रक्रिया अघि बढाई संसदको निर्णयको प्रतिकुल हुने स्थिति पैदा भएको जनाएको छ । 

नेपाल सरकार, सेना काठमाडौं तराई मधेश द्रुतर्मागको प्याकेज दुईको ठेक्का प्रक्रियाको पूर्व योग्यता परिक्षण कानुनसम्म नभएको र बोलपत्रमा प्रतिस्पर्धालाई सुनिश्तिता नगरेको देखिएकोले सार्वजनिक लेखा समितिको गत चैत १९ को निर्णयबाट ठेक्का प्रक्रिया रद्द गरी पुनः नियमानुसार पूर्वमान्यताका लागि खरिद प्रक्रिया अघि बढाउन निर्देशन दिइएको तथा सो निर्णय गत चैत १९ मा पत्राचार गरी कार्यान्वयनका लागि नेपाल सरकार, रक्षा मन्त्रालयमार्फत पठाइएको, उक्त निर्णय गत चैत २३ मा प्रतिनिधि सभाबाट समितिको प्रतिवेदन स्वीकृत भई कार्यान्वयनका लागि समेत गत वैशाख ६ गतेमा प्रतिवेदनसहित रक्षा मन्त्रालयमा पत्राचार भएकोमा हालसम्म जानकारी प्राप्त नभएकोले सात दिनको म्याद दिई वैशाख १२ को गोरखापत्रमा नेपाल सरकारको नेपाली सेनाको काठमाडौं फास्ट ट्रयाक सडक आयोजना नाममा संघीय संसद, प्रतिनिधिसभाबाट स्वीकृत लेखा समितिको निर्णयको विपरित सार्वजनिक खरिद ऐन २०६३ र सार्वजनिक खरिद नियमावली, २०६४ को वर्खिलाप हुने गरी टेण्डर प्रक्रिया अघि बढाई संसदको निर्णयको प्रतिकुल हुने स्थिति पैदा भएकोले उक्त खरिद प्रक्रिया रद्द गर्न आग्रह गरेको थियौं, पत्रमा भनिएको छ । 

यस्तै उक्त खरिद प्रक्रिया रद्द गरी गराई यस सम्बन्धमा त्यस कार्यालयको स्पष्ट धारणा/ प्रतिक्रियासहित सम्पूर्ण कागजात तीन दिनभित्र समितिमा उपलब्ध गराइदिनु हुन भनि रक्षा मन्त्रालयका सचिवलाई पत्राचार गरिएकोमा हालसम्म खरिद प्रक्रिया रद्द भए/नभएको यकिन जानकारी नआएको समितिको निर्णय कार्यान्वयन नगरी नगराई खरिद प्रक्रिया जारी राख्नुको आधिकारिक निर्णय तथा प्रतिक्रिया उपलब्ध नभएको र गत वैशाख १९ गतेको समितिको निर्णय पछि पनि त्यस कार्यालयबाट खरिद प्रक्रिया जारी राखेको बुझिएकोले तत्काल खरिद प्रक्रिया रद्द गरी सो सम्बन्धमा भए गरेका सम्पूर्ण कागजात समितिमा यथाशिघ्र उपलब्ध गराई समितिको कामकारबाहीमा सहयोग पुराईदिनु हुन निर्देशनानुसार पुनः तोकता गरिएको छ, पत्रमा भनिएको छ । 

फास्ट ट्र्याक दोस्रो प्योकज अन्तर्तत मकावनपुरको धोन्द्रेस्थित सिम्पानीदेखि चालिसे खोल्सीसम्म १.३७ किलोमिटर र लेनडाँषस्थित घटेपाखादेखि बाँदरेखोल्सीसम्म १.४ किलोमिटर गरी दुई वटा सुरुङमार्ग र पुल निर्माण पर्दछ । यस्तै उक्त दोस्रो प्याकेज निर्माणको सेनाले भने चीनको पाली च्याङदा इन्जिनियरिङ कर्पोरेसनलाई मात्र प्रि-क्वालिफिकेसनमा छनोट गरेको पाईन्छ ।

प्रकाशित मिति: शुक्रबार, वैशाख १७, २०७८  १०:०८
प्रतिक्रिया दिनुहोस्
Weather Update