ग्लोबल आइएमई लघुवित्तले २८ प्रतिशत बोनस दिने
काठमाडौं, असोज २० । ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्ष २०७७÷०७८ को नाफाबाट शेयरधनीलाई २८ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।
लघुवित्त कम्पनीको मंगलबार सम्पन्न सञ्चालक समितिको १४२ औं बैठकले उक्त लाभांश घोषणा गरेको हो ।
बैठकले गत आर्थिक वर्ष २०७७÷०७८ को मुनाफाबाट संस्थाका शेयरधनीहरूलाई चुक्ता पूँजीको २८ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव गरेको छ ।
कम्पनीले २८ प्रतिशतले १२ करोड ८ लाख ७८ हजार ९१५ रुपैयाँ बराबरको बोनस शेयर वितरण गर्ने प्रस्ताव गरेको हो ।
गत आवबाट प्रस्तावित उक्त लाभांश राष्ट्र बैंकको स्वीकृत भई र संस्थाको आगामी साधारण सभाबाट पारित भएपश्चात मात्र लगानीकर्तामा वितरण हुनेछ ।
हाल कम्पनीको चुक्ता पूँजी ४३ करोड १७ लाख १० हजार ४११ रुपैयाँ रहेको छ ।
प्रकाशित मिति: बुधबार, असोज २०, २०७८ १२:४७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय