Kath khabar
ओपोद्वारा रायोट गेम्ससँग २०२१ लिग अफ लेजेन्ड्स वर्ल्ड च्याम्पियनशिपका लागि पार्टनरशिपको घोषणा

काठमाडौं, असोज २० । विश्वस्तरिय प्राविधिक ब्राण्ड ओपोले लिग अफ लेजेन्ड्स वर्ल्ड च्याम्पियनशिप २०२१ (एस ११)को प्रायोजनका लागि रायोट गेम्ससँग पार्टनरशिपको घोषणा गरेको छ । यो पार्टनरशिप ओपोले सन् २०१९देखि रायोट गेम्ससँग हस्ताक्षर गरेको बहुबर्षिय सम्झौताकै अंश हो । पार्टनरशिपले ओपोलाई विश्वभरका ईस्पोर्ट्स खेलाडीहरु माझ आफ्नो ब्राण्डप्रतिको जागरुकता बढाउन सघाउनेछ ।

यस बर्ष ओपोले फाइनल्समा अद्वितिय प्रदर्शनी मार्फत ब्याटग्राउण्डमा कब्जा जमाउन सफल खेलाडीहरुलाई मोस्ट भ्यालुएवल प्लेयर्स अवार्डबाट सम्मानित गर्नेछ । साथै, ओपोले आफ्ना दर्शक तथा श्रोतामाझ गेमिंग हाईलाइट्स तथा ब्यवसायिक खेलाडी तथा टिमहरुका अन्तरवार्तापनि प्रस्तुत गर्ने जानकारी दिइएको छ । यसले दर्शक–श्रोतालाई फाइनल गेम तिरको प्रगति र ब्यवसायिक खेलाडीका बारेमा अझ जान्ने मौका प्रदान गर्ने ओपोको विश्वास छ ।

‘यस बर्षपनि रायोट गेम्ससँगको पार्टनरशिपलाई निरन्तर दिन पाउँदा हामी हर्षित छौँ । लिग अफ लेजेन्ड्सले हामीलाई विश्वभरका गेमर्स माझ ओपोलाई परिचित गराउन एक सटीक प्ल्याटफर्म उपलब्ध गराएको छ । अझ महत्वपूर्ण कुरा भनेको ब्यवसायिक खेलाडीहरुको अटल भावना, उत्पादन तथा प्रविधिका सवालमा नवप्रबर्तनका लागि ओपोको अथक प्रयास र प्रतिबद्धता समान छ । हामी आफ्ना प्रयोगकर्ताका लागि समग्र उत्कृष्टता र अभूतपूर्व अनुभव प्रदान गर्न निरन्तर प्रतिबद्ध र प्रयासरत छौँ’, ओपोको ग्लोबल मार्केटिंगका उपाध्यक्ष तथा अध्यक्ष विलियम ल्यूले भन्नुभयो ।

‘पछिल्लो बर्षको सफल पार्टनरशिपका आधारमा ओपोलाई  लिग अफ लेजेन्ड्स वर्ल्ड च्याम्पियनशिप २०२१ को प्रायोजकका रुपमा पाउँदा हामी निकै उत्साहित छौँ । खेलका लागि पहिलो वैश्विक स्मार्टफोन पार्टनरका रुपमा ओपो विश्वभरका ईस्पोर्ट्स खेलाडीहरु माझ सर्वाधिक प्रभावशाली प्राविधिक ब्राण्ड मध्य एकका रुपमा परिचित भइसकेको छ । हामी फाइनल्समा ओपोले दर्शकका लागि प्रस्तुत गर्ने विशेष प्रस्तुति हेर्न उत्साहित छौँ’, रायोट गेम्समा ईस्पोर्ट्सका लागि ग्लोबल हेड जोन निधामले भन्नुभयो ।

यस बर्षको फाइनल्सको थिम ‘मेक/ब्रेक’ राखिएको छ । यसले असम्भवलाई तोडेर नयाँ सम्भावना निर्माणका लागि आवश्यक साहसको प्रतिनीधित्व गर्छ । निर्माणका लागि निर्माणका लागि यो खोज संगै ओपो फाइन्ड एक्स सिरिज, फाइन्ड एक्सथ्री प्रोले संसारलाई १०–बिट कलरमा खिचेर कैद गर्न मात्र नभई बिलियन रंग सहितको स्क्रिन डिस्प्लेपनि उपलब्ध गराउँछ । साथै, फाइन्ड एक्सथ्री प्रोमा कलरओएस ११.२को अंशका रुपमा ईन हाउस कलर भिजन इनह्यान्समेन्टपनि उपलब्ध गरिएको छ । यसले कलर भिजन डिफिसियन्सीबाट प्रभावित मानिसहरुका लागि सम्भावित पोटेन्सियल स्क्रिन क्यालिबरेशन र अप्टिमल्लि कलर करेक्टेड दृश्य प्रस्तुत गर्छ । फाइन्ड एक्सथ्री प्रोमा उपलब्ध गरिएको कलर क्यापेबिलिटी र सुलभ डिजाइन अभूतपूर्व छ । ओपोले स्मार्टफोनमा रंगको सिमाना नाघेर नयाँ सम्भावनाहरुको निर्माण गरेको छ ।

उपभोक्ता केन्द्रित ब्राण्डका रुपमा मोबाइल गेमर्सका आवश्यकता ओपोले स्पष्टरुपमा बुझेको छ । यसले गर्दा कम्पनीले कलरओएस मातहतको गेमिंग मोड मार्फत रुकावत रहित गेमिंग अनुभव प्रदान गर्छ । गेमिंग मोडको प्रयोग गरे पश्चात गेमिंग गरिरहेका बखत खेलाडीलाई नोटिफिकेशन्स, म्यासेजेज् वा कलले डिस्टर्ब गर्दैन । यसले गर्दा गेमर्सले रुकावतरहित इमर्सिभ गेमिंग अनुभवको मज्जा लिन सक्छन् । विश्वब्यापी ईस्पोर्ट्स समुदायसँग घनिष्टरुपमा संलग्न हुने ओपोको आशा छ । साथै, फाइनल्समा प्रदर्शित ब्यवसायिक खेलाडीहरुको भावनाले दर्शकलाई पनि आफ्ना सपना तिर अग्रसर हुन प्रेरित गर्ने ओपोको विश्वास छ ।

मोस्ट हाई स्टेक्स प्रतिस्पर्धाका रुपमा परिचित, द लिग अफ लेजेन्ड्स वर्ल्ड च्याम्पियनशिप २०२१ (एस ११)मा ११ देश तथा क्षेत्रका उत्कृष्ट समूहहरुको सहभागिता रहनेछ । अक्टोबर ५ मा सुरु हुने यो प्रतिस्पर्धा नोभेम्बर ६ मा एंजेभ्यागो ८, १०४ रेकेभिक, आईसल्याण्डमा आयोजना हुने फाइनल्ससंगै समापन हुनेछ ।

 

प्रकाशित मिति: बुधबार, असोज २०, २०७८  १३:३७
प्रतिक्रिया दिनुहोस्
Weather Update