Kath Khabar
नेपालमा थप १०४३ जनामा कोभिड १९ को संक्रमण पुष्टि, १२ जनाको मृत्यु

काठमाडौं, असोज २० । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा पछिल्लो २४ घण्टामा थप एक हजार ४३ जनामा कोरोना  भाईरस (कोभिड १९) को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालाहरुबाट कुल १५ हजार चार सय ६५ वटा नमूनाको परीक्षण गर्दा उक्त संख्यामा संक्रमण पुष्टि भएको मन्त्रालयले जानकारी दिएको छ ।

यसैगरी पछिल्लो २४ घण्टामा कोभिड १९ को संक्रमणबाट थप १२ जनाको मृत्यु भएको छ । यो समेत गरी नेपालमा कोभिड संक्रमणका कारण मृत्यु हुनेहरुको संख्या ११ हजार एक सय ९२ पुगेको छ ।

 

प्रकाशित मिति: बुधबार, असोज २०, २०७८  १६:५२
प्रतिक्रिया दिनुहोस्
Weather Update