Kath khabar
महामारीमा पनि बैंकहरुलाई ५० अर्ब ७४ करोड लाभ, आक्रामक कर्जा बिस्तार

काठमाडौं, वैशाख १७ । अन्य उद्योगधन्दा तथा कलकारखाना ओरालो लागेका बेलामा बैंकहरुले भने आफ्नो नाफा बढाएका छन् । महामारीका बिचमा पनि २७ वटा बैंकहरुले ५० अर्ब ७४ करोड नाफा कमाएका छन् ।

महामारीका समयमा नै बैंकहरुले यो वर्ष मात्रै ६ सय ६८ अर्ब बराबरको कर्जा लगानी गरेका छन् । गत वर्षको तुलनामा यस्तो लगानी २४ प्रतिशतले बढेको छ । यसरी आक्रामक कर्जा बिस्तारसँगै राष्ट्र बैंकको नीतिगत लचक्ता का कारण बैंकरुले राम्रो मुनाफा कमाउन सफल भएका छन् ।

गत वर्ष ४५ अर्ब २४ करोड नाफा कमाएका  बैंकहरुले यो वर्षको सोहि अवधिमा यस्तो नाफा १२ दशमलव १४  प्रतिशतले बढाउँदै ५० अर्ब ७४ करोड पुराएका छन् । देशमा सञ्चालित २७ वटा बाणिज्य बैंक मध्ये २२ वटाले नाफा कमाएका छन् भने पाँचवटाको नाफा गत वर्षको तुलनामा घटेको छ ।

बैंकहरुले यो आर्थिक वर्षको ९ महिनामा मात्रै  त्यस्तै गत वर्ष खराब कर्जाका लागि १० अर्ब बराबरको प्रोभजनिङ गरेका बैंकहरुले यो वर्षको सोहि अवधिमा जम्मा १ अर्ब १२ करोड मात्रै छुट्याउनु परेको छ । यसरी कर्जा बिस्तारसँगै प्रोभजनिङ गरेर राख्नुपर्ने रकम समेत घटेकाले बैंकहरुको नाफा बढेको हो ।

२७ वटा बैंकमध्ये कुमारी बैंकले सबैभन्दा बढि नाफा बढाएको छ । यसले आफ्नो नाफामा ८३ दशमलव १ प्रतिशतको बृद्धि गरेको छ । यो सँगै नाफा उच्च बढाउनेमा नेपाल बंगलादेश, सिद्धार्थ, प्राइम र प्रभु  रहेका छन् । सबैभन्दा बढि नाफा भने नबिल बैंकले कमाएको छ ।

जसले यो वर्षको ९ महिनामा ९ अर्ब ६७ करोड नाफा कमाएको छ, जुत गत वर्षको सोहि समयको तुलनामा १६ दशमलव ५ शुन्य प्रतिशतले बढेको छ । तर, विदेशी लगानी रहेका एभरेष्ट, नेपाल एसबिआई र नेपाल स्टायण्डर्ड सहित पाँचवटाको नाफामा भने गिरावट आएको छ । अनिबार्य नगद अनुपात घटाएका कारण बैंकहरुले लगानी बिस्तार गर्ने मौका त पाए नै कर्जा पुन:सङरचना गर्ने सुविधाका कारण पनि बैंकहरुको नाफा बढेको हो ।

अहिले  २७ मध्ये २२ वटा बैंकहरुले भने नाफा बढाउन सफल भएका छन् । राष्ट्र बैंकले बैंकहरुलाई कर्जा पुनर्तालिकरण गर्ने सुविधा दिएसँगै खराब कर्जामा राख्नुपर्ने रकम उनिहरुले राख्नुपरेन, र अन्य खर्चमा समेत कटौति गरेसँगै बैंकहरुको समग्र नाफा बढेको हो । यद्यपि विदेशी लगानी भएका ३ सहित ५ बैंकको भने नाफा घटेको छ ।

गत वर्षको चैतबाट सुरु भएको महामारीका कारण देश ४ महिना लकडाउनमा रह्यो । गत साउनबाट बिस्तारै खुलेको बजारमा केहि कारोबार हुन पाए । अन्य क्षेत्र बिस्तारै तग्रिने अवस्थामा रहेका बेलामा बैंकहरुले भने महाकारीका बिचमा पनि गत वर्षभन्दा साढे ५ अर्ब बढि नाफा कमाएका हुन्  ।
 
 

 

प्रकाशित मिति: शुक्रबार, वैशाख १७, २०७८  १०:२०
प्रतिक्रिया दिनुहोस्
Weather Update