काठमाडौंं, असोज २१ । महामारीका समयमा पनि अवैध रुपमा सामान आउने क्रम रोकिएको छैन । जसका कारण त्यस्ता अवैध सामान बोकेका सामान जफत गर्ने क्रम पनि बढेको छ ।
सामानसँगै आएका जफत गरिएका सवारी साधन अहिले ७ सय ५८ वटा भन्दा बढि रहेको र त्यसको मूल्य ७ करोड मूल्य बराबर रहेको भन्सार कार्यालयहरु बताउँछन् । थोत्रा भइसकेकाले यिनीहरुको मूल्य भने ७ करोडको हाराहारीमा पर्न आउने भन्सार कार्यालयहरु बताउँछन् । यसरी कार्यालयको परिसरमा थुप्रिएका सवारी साधन अधिकांश अवैध रुपमा सामान भित्राउने समुहहरुको हो ।
अवैध रुपमा भित्रिएका सवारी साधन भन्सार विभागले बेच्दैन मात्रै सरकारी कार्यालयहरुलाई माग अनुसार उपलब्ध पनि गराउँछ । अर्थ मन्त्रालयले निर्णय गरेपश्चात कार्यालयहरुले सुराकीलाई दिनुपर्ने रकम बुझाएर गाडी लान सक्छन् । महामारीका समयमा सरकारले सवारी साधनमा रकम खर्च नगर्ने नीति अपनाएका बेलामा यसरी गाडी लाने क्रम पनि बढेको कार्यालयहरु बताउँछन् । महामारीका समयमा पनि यसरी अवैध सवारी साधन जफत हुने क्रम भने नघटेको भन्सार विभाग बताउँछ ।
महामारीका कारण भन्सार कार्यालयहरुले सामान लिलामी गर्न कठिन भएको छ । यता सवारी साधनको चाप कम भएकाले प्रहरीले चोरीको सामान सहजै पत्ता लगाउने गरेका छन् । जसका कारण सामानसँगै सवारी साधन जफत हुने क्रम बढेको छ । भन्सारबाट महामारीका समयमा पनि अवैध रुपमा सामान आउने क्रम रोकिएको छैन । गत वर्ष मात्रै भन्सार विभागले यस्तो सामान बेचेर ३७ करोड आम्दानी गरेको छ ।
गत वर्षमा भने यस्तो आम्दानी २८ करोड २६ लाख थियो । अर्थात अघिल्लो बर्षयताको तुलनामा अवैध रुपमा सामान बेचेर भन्सार विभागले ९ करोड बढि कमाएको छ ।