Kath khabar
पृथ्वी शको सानदार ब्याटिङमा देल्लीको कोलकत्तामाथि सात विकेटको शानदार जित

एम्दावाद, वैशाख १७ । इन्डियन प्रिमियर लिग आइपिएलमा पृथ्वी शको बिस्फोटक ब्याटिङको मद्धतमा दिल्लीले कोलकत्तामाथि सात विकेटको सानदार जित हात पारेको  छ । जित पछि देल्ली आइपीएलको दोस्रो स्थानमा उक्लिएको छ ।

एम्दावाद स्थित नरेन्द्र मोदी रंगशालामा  टस हारेर पहिले ब्याटिङ गरेको कोलकाताले २० ओभरमा ६ विकेट गुमाउँदै एक सय ५४ रन बनायो । राम्रो सुरुवात गर्न नसकेको कोलकत्ताले २५ रनमा पहिलो विकेट गुमायो ओपनर नितिश राना १५ रनमा आउट हुनु भयो भने शुभंम भिल ४३ रनमा पेभेलियन फर्किनु भयो । यस्तै राहुल त्रिपाठीले १९ रन बनाए भने कप्तान इयोन मोर्गन र सुनील नरायनले खाता खोल्न सकेनन् । आन्द्रे रसेलले  ४५ रनको योगदान गरे ।

अक्षर पटेल र ललित यादवले दुई दुई विकेट लिनु भयो। दिल्लीले १६ दशमलब तीनमा बलमा तीन विकेट गुमाउँदै लक्ष्य पुरा गर्यो । उसका लागि शिखर धवन र पृथ्वीले पहिलो विकेटका लागि एक सय ३२ रनको उत्कृष्ट साझेदारी गरि देल्ली बिजयी लक्ष्य तिर डोर्याउनु भको थियो । धवन ४६ रनमा आउट हुनु भयो । पृथ्वीले ४१ बलमा ८२ रनको अर्धशतकिय पारी खोलेर उहाँले बलमा ११ चौका र तीन छक्का प्रहार गर्नु भयो ।

जितपछि दिल्लीले सात खेलमा १० अङ्क बनाएको छ । कोलकत्ताको भने यो प्रतियोगिताको पाँचौ हार हो ।

प्रकाशित मिति: शुक्रबार, वैशाख १७, २०७८  ११:५५
प्रतिक्रिया दिनुहोस्
Weather Update