Kath khabar
नेपाल इन्भेष्टमेन्ट बैंकको ८८ औं शाखा बाराको सिम्रौनगढमा


काठमाडौं, असोज २२ । नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडले आफ्नो ८८ औं शाखा बाराको सिम्रौनगढमा खोलेको छ । नयाँ शाखाको उद्घाटन सिम्रौनगढका मेयर बिजय शंकर यादव र प्रर्वन्धक सुशील कुमार श्रेष्ठले गरेको बैंकले जानकारी दिएको छ ।

सिम्रौनगढ शाखाले ग्राहकहरुलाई बित्तीय पहुंच पुर्याउने र बित्तीय साक्षरतालाई फराकिलो पार्ने उद्ेश्यले स्थानीय मागहरुलाई पुर्णरुपमा पुरा गर्ने बैंकिङ सेवाहरु प्रदान गर्ने छ । बैंकले हाल सबै क्षेत्रमा थरी ८७ वटा शाखा एक सय ३० वटा एटिएम काउन्टर, २० वटा एक्सटेन्सन काउन्टर, १० राजस्व संकलन काउन्टर र ५६ शाखारहित बैंकिङ काउन्टरहरूबाट आफ्ना ग्राहकहरूलाई सेवा उपलब्ध गराउँदै आएको छ ।

पाँच पटकसम्म फाइनान्सियल टाइम्सबाट ‘बैंक अफ द ईयर’ अवार्ड पाइसकेको यस बैंक अन्तर्राष्ट्रिय प्रकाशन युरोमनीबाट अनुकरणीय सेवा र व्यवसायका लागि ‘बेस्ट बैंक २०७५ र २०७८ युरोमनी अवार्डबाट समेत सम्मानित भईसकेको छ । यसबाहेक, इक्रा नेपाल (अन्तर्राष्ट्रिय क्रेडिट रेटिङ एजेन्सी–नेपाल) ले बैंकलाई ‘ए’ वर्गको क्रेडिट रेटिङ दिएको छ ।

 

प्रकाशित मिति: शुक्रबार, असोज २२, २०७८  १५:१३
प्रतिक्रिया दिनुहोस्
Weather Update